24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

विनियोजन विधेयक पास गर्ने तयारी

- Advertisement -Flowers in Chania

हुलाकी
सरकारले सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । प्रतिनिधीसभामा सोही अनुसार संसद सचिवालयले कार्यसुची तयार गरेको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गत छलफल गरेर अर्थमन्त्रीले उत्तर दिएपछि बजेट पास गर्ने तयारी भएको बताए । विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने संसद सचिवालयले जनाएको छ ।
सरकारको बहुमत भएकाले संशोधन प्रस्ताव अस्वीकृत हुने देखिन्छ । त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । अर्थमन्त्रीको प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्