कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरिक्षक प्रकाश मल्ललाई संविधान दिवसको अवसरमा ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गरिएको छ ।
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको हो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्नुभएको हो ।
- Advertisement -

- Advertisement -

- Advertisement -
