24.1 C
Kathmandu
Monday, December 4, 2023
Flowers in Chania

राप्रपा नवलपुरमा अधिकारी

- Advertisement -Flowers in Chania

कावासोती २ असोज, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरको शनिबार सम्पन्न जिल्ला अधिबेशनले विष्णु अधिकारीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
शनिबार कावासोतीमा सम्पन्न भएको अधिबेशनले अध्यक्ष सहित सवैपदमा सर्वसम्मत निर्वाचित गरेको निर्वाचन संयोजक रामनाथ उप्रेतीले बताउनुभयो ।
राप्रपाको जिल्ला नेर्ततवका लागि अधिकारी सहित तीन जनाको उम्मेदवारी परेको थियो । पार्टीका जिल्ला उपाध्यक्ष चन्द्रदत्त जैंसी र नूनबहादुर आलेले अध्यक्ष पदमा दावेदारी पेश गरेका थिए ।
अध्यक्ष पदका आकांक्षीहरु बीचमा सहमति बनेसंगै राप्रपाले अधिकारी को नेर्ततव पाएको हो । अधिकारी यस अघि क्षेत्रनं. २ का क्षेत्रीय सभापति थिए ।
त्यसैगरी अधिबेशनले जिल्ला समितिको सदस्यहरुमा पिताम्वर भुसाल, हिरालाल सापकोटा, गुणलाल श्रेष्ठ, मनरुपा जैसी, सोमबहादुर भण्डारी क्षेत्री, निर्मला घिमिरे, कृष्णकुमार श्रेष्ठ, बिश्वनाथ सापकोटा, यदुनाथ जैसी, निर्मला गुरुङ, देवीप्रसाद न्यौपाने, बीरबहादुर कार्की, चन्द्रकला कंडेल, काशीराम सापकोटा, चन्द्रकला खड्का, उमेस कार्की, उमादेबी तिवारी, राजकुमार श्रेष्ठ, बेगम बिक, बिमस रिमाल, गुणाखर काफ्ले, बमबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्ष , सचिव, कोषाध्यक्षर सहसचिव भने जिल्ला समितिको वैठकले चयन गर्ने निर्वाचन संयोजक उप्रेतीले जानकारी दिनुभयो ।
जिल्ला अधिबेशनको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता बुद्धिमान तामाङले उद्घाटन गर्नुभएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्