18.1 C
Kathmandu
Flowers in Chania

दाउन्नेमा खोई बैकल्पिक मार्ग ?

- Advertisement -

नबिन पौडेल

हुलाकी सम्वाददाता- दाउन्ने सडक खण्डको १५ किलोमिटर पहाडी क्षेत्रमा पर्दछ । भिर फोरेर निमार्ण गरीएको यस सडकमा दिनहु दुर्घटना र पहिरोको जोखीम छ । दुर्घटनाको जोखीम बढेपछि स्थानीय बासीन्दा, यातायात व्यवसायी र यात्रुले यस सडकको बैकल्पिक उपाय खोज्नुपर्ने वर्षौ देखी माग गर्दै आएका छन् । एकातर्फ विशाल पहाड र अर्कोतर्फ भिर भएकाले यस तर्फ कसैले पनि चासो देखाएनन् । तर अहिले प्रदेश नम्बर ५ को वर्दघाट नगरपालिका र प्रदेश नम्बर ४ को दुम्किवासको डाडांजोर जोड्ने कच्चि सडक निमार्ण भएपछी यसको विकल्पकारुपमा प्रयोग गर्न सकीने सम्भावना बढेपनि यसको स्तरोन्नतीमा प्रदेश र केन्द्रले चासो दिएको छैन् । तत्काल ठुला सवारी गुड्न नसकेपनि स्तरनोन्नती गरेमा केही वर्षमा नै यो सडकले दाउन्नेको सास्ति कम गर्न सघाउं पुर्याउने आशा स्थानीयको छ ।


बर्दघाट नगरपालिकाको विकट पटुके बस्तिका स्थानीयलाई नगरपालिकाको केन्द्र सम्म पहुंच पुर्याउनका लागि ग्रामीण कच्चि सडक निमार्ण गरेको भएपनि यस्लाई पक्कि सडककोरुपमा विकास गर्न सकेमा दाउन्ने सडकको बैकल्पिकमार्गकारुपमा प्रयोग गर्न सकीने छ । तर यसका लागि स्थानीय तहले मात्र नसक्ने भन्दै बर्दघाट नगरपालिकाले प्रदेश र केन्द्रमा यसको योजना बारे जानकारी गराएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताए । ‘बैकल्पिक मार्ग बिस्तार गर्न सकेमा दाउन्ने खण्डको सास्ति कम हुने थियो । संगसंगै पहाडी क्षेत्रमा राष्ट्रिय राजमार्गको पहुचं पनि बिस्तार हुने थयो । उनले भने,‘योजना निमार्ण गरेर प्रदेश र केन्द्रमा पेश गरेपनि बजेट विनियोजन हुन सकेको छैन् । नौ वर्ष अगाडी स्थानीयको पहलमा त्रिवेणी जान सहजताका लागि खोलिएको ट्याकलाई नगरपालिकाले फराकीलो बनाएको छ । बर्दघाट नगरपालिका १० भुताहा देखी विनयी त्रिवेणीको दुम्किवास सम्म १४ किलोमिटर सडक निमार्ण गरीएको हो । यस सडकले प्रदेश नम्बर ४ र ५ लाई जोड्ने फास्ट ट्याक्कोरुपमा लिईएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्