24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

बाढी पीडित आफै पुनस्थापनाको कोशिशमा

- Advertisement -Flowers in Chania

हुलाकी सम्वाददाता-बाढीले घरभरी थुपारेको पागों माटो पन्छाउन सुनवल १० का गोरे परियारलाई तीन दिन लाग्यो । भदौ १० गते मध्यरातमा आएको बाढीले घरमा क्षती पुर्याएपछि स्थानीय विद्यँलयमा आश्रय लिदै आएका परियारले पानीको सतह घटेपछि घर सरसफाईमा लागेका हुन् । घरका भाडा , फर्निचर र लत्ताकपडा बाढीले बगाएको छ । बाकीं रहेका केही सामान पनि काम नलाग्ने गरेर बिग्रीएको छ । तर ,पनि उनले हिम्मत हारेका छैनन् । भत्किएको घर मर्मतका लागि गाउंले आफै लागि परेका छन् । एक अर्कालाई सहयोग गरेर पालै पालो घर सरसफाई गरेर पुनस्थापना हुने कोशिसमा लागेका हुन् । ‘घरमा भएका सामान कता छ, पत्तो छैन् । खाने अन्न र लत्ता कपडा बगाएर लग्यो , बाकीं रहेको खाट र केही कुर्चिहरु बाकीं रहेछ । सफा गरेर धोईपखाली गरेर सुकाएका छौ । ’बाढी पीडित गोरे दमाईले भने, ‘नगरपालिकाले स्कुलमा राखेर खान बस्न दिएको भएपनि सधै भरी गुजारा चल्दैन् । आफ्नै भत्किएको घर मर्मत गरेर बस्ने सुरसुर गरेका छौ । आफन्तीसंग ऋण काढेर भएपनि घर मर्मत गनुपर्ने बाध्यता छ ।’
सुनवल १० खकरीबारीमा तुरिया खोलाको किनारमा रहेको बस्तिमा अधिकासं बिपन्न र दलित समुदायको बस्ति छ । बस्तिमा खोलापसेपछि अब कसरी घर बनाउने भन्ने चिन्ताले सताएको भएपनि पीडित डुबेको बस्ति उठाउन आफै लागि परेका छन् ।

स्थानीय सुर्य बहादु श्रेष्ठ शारिरिकरुपमा अपांग छन् । घरमा दुई जना छोराछोरी र श्रीमतीको लालनपालन गर्न नै उनलाई धौ धौ थियो । ऋण गरेर बनाएको सानो कच्चि घर बाढीले बगाएपछि उनी अब कसरी घर बनाउने भन्ने चिन्तामा छन् । बस्ति बस्ति पुगेर खुद्रा सामान बिक्री गरेर गुजारा चलाउने श्रेष्ठलाई नयां घर बनाउन आटं आएको छैन् । तर स परिवार कहां बस्ने भन्ने अर्को पिरलो छ । ‘मेरो घर बनाउने आर्थिक हैसियत छैन् । कोही मनकारीहरुले सहयोग गरेर सानो बासं बनाइदीन’ भयो भने मेरो उपकार हुने थियो ।’उनले भने,‘बस्ने बासं भयो भने जसोतसो श्रीमती र मैले काम गरेर भएपनि गुजारा चलाउने थियौ । ’
स्थानीय भिमकला सार्कीको खरको छानो भएको घरको नाम निसाना छैन् । भदौ १० गते उनीहरु स परिवार आफन्तीकोमा बस्न गएका थिए । त्यसै दिन बाढीले कच्चि घर सबै बगायो । अहिले उनीहरु घर बनाउनका लागि काठ र खरको खोजिमा छन् ।‘सरकारले सहयोग गर्यो भने ठिकै छ । आफ्नो घर त जसोतसो बनाउन पर्यो , सधै भरी स्कुलमा बसेर हुदैन् । अब स्कुल सुरु भएपछि कहां बस्ने भन्ने टुंगो छैन् । ’उनले भने,‘पीडित परिवार सबै मिलेर एक अर्काको काममा सहयोग गरेका छौ । पालो पालो घर सफा गर्ने र मर्मत हुदैछ । ’
जिल्लाको पाल्हिनन्दन , सरावल , सुस्ताका बाढी पीडित पनि बिस्तारै पुनस्थापित हुदै छन् । पानीको सतह घटेपछि घर सरसफाई गर्ने , मर्मत गर्ने र केही नयां सामानको जोहो गरेर जनजिवन सामान्य बनाउने कोशिसमा स्थानीय छन् ।
सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले पुर्णरुपमा घर नष्ट भएकाहरुका लागि केही राहात रकम प्रदान गरीने भएपनि सम्पुर्ण घर निमार्ण गर्न स्थानीय तहले मात्र सम्भव नभएको बताए । ‘हामीले पीडितका लागि खाने र बस्ने व्यवस्था गरेका छौ । घर भत्किएकाहरुलाई सामान्य मर्मतका लागि आर्थिक सहयोग पनि गर्ने छौ ।’उनले भने,‘तर पुर्णरुपमा घर नै नयां बनाउन प्रदेश र संघ सरकारसंग समन्वय गरेर मात्र काम अगाडी बढ्ने छ ।’
बाढी पसेको १५ दिन हुदा सम्म पनि खान र बस्न बाहेक बिस्थापितका लागि अन्य राहातको कार्यक्रम ल्याउन जिल्लाका स्थानीय तहले चासो दिएका छैनन् । सामान्य खाध्यान्न र रामग्राम नगरपालिकाले पहिलो चरणमा अति बिपन्नका लागि नगद २ हजार दिने घोषणा बाहेक पुनस्थापनाका लागि योजना नबन्दा पीडित मर्कामा छन् । आफ्नै सक्रियतामा पीडितहरु पुनस्थापना हुने कोशिसमा छन् । उनीहरुलाई स्थानीय सरकारले थप सहयोग गरेमा बाढीले उजाडीएको बस्ति केही दिनमा नै पहिलाकै लयमा फर्कीने रामग्राम ३ का केशव पराजुलीले बताए । जिल्लामा ५ सय भन्दा बढी परिवार बाढी बाट विस्थापित भएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्