18.1 C
Kathmandu
Flowers in Chania

माधव नेपालको पार्टीमा “बिपीको समाजवाद”

- Advertisement -

नवलपुर, हुलाकी । नेकपा एमाले नवलपुरले पहिलो पटक शुक्रबार देवचुलीको दलदलेमा आम भेला गरेको छ। माधव नेपालसँग पार्टी विभाजन भएपछि गरिएको भेलामा नवलपुर भरिका कार्यकर्ताहरुलाई उतारिएको थियो ।

कार्यकर्ता भेलामा प्रशिक्षण दिंदै नेकपा एमालेका स्थाई कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक किरण गुरुङले नेकपा एमाले फुटेको नभई केहि मान्छे अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको उनको भनाई छ  । उनले  माधव कुमार नेपालको पार्टी वि.पी. कोइरालाको समाजबाद जस्तै भएको बताए ।

गुरुङले माधव नेपालको पार्टीले बैज्ञानिक समाजवाद नभई विपीको जस्तो पुँजीबादी समाजबादको आडमा पार्टी निर्माण गरेको बताए।

नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व भुमिसुधार मन्त्री पद्मा अर्यालले गल्ती सच्याएर एमालेमा फर्किन नचाहे माधव नेपाललाई नेता कार्यकर्ताले बिदा गर्ने बताईन। कार्यक्रममा नेकपा एमालेका नेता रबिन्द्र अधिकारी, खगराज अधिकारी, कृष्ण पौडेल, तिलक महत लगायतले बोलेका थिए। पार्वता तिवारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण जीवन श्रेष्ठले गरेका थिए ।
कार्यक्रम नेकपा एमाले नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाको अध्यक्षतामा भएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्