8.1 C
Kathmandu
Flowers in Chania

विश्वकप क्रिकेट लिग–२ मा अमेरिका र नेपाल भिड्ने

- Advertisement -

ईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। शुक्रबार नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अल अमेरात क्रिकेट मैदानमा अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको थियो । अमेरिकासमेत ओमानसँग ४ विकेटले पराजित हुन पुगेको थियो । यसअघि सोमबार भएको खेलमा ५ विकेटले नेपाल संग पराजित अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुनेछ । यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जित निकाल्ने दाउमा हुनेछ ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैठौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्