नवलपुरका लामिछाने र गाहा गण्डकी प्रदेशको दुई संसदीय समितिको सभापतिमा

6
Flowers in Chania

भदौ ३१ । गण्डकी प्रदेशको दुईवटा संसदीय समितिको सभापतिमा नवलपुरबाट निर्वाचित दुईजना प्रदेश सभा सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका छन ।

गण्डकी प्रदेशको ४ वटा संसदीय समिति मध्ये महत्वपूर्ण समिति “ विधायन समिति ”को सभापतिमा नवलपुर २ “क” बाट निवार्चित प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने र “ सार्वजनिक लेखा समिति” मा नवलपुर १ “ख” बाट निवार्चित प्रदेश  सभा सदस्य रोशनबहादुर गाहा सर्वसम्मत रुपमा चयन भएका हुन ।

दुवै सभापतिमा एक एक जनाको मात्रै उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत भएका हुन । लामिछाने नेपाली कांग्रेस नवलपुरका सभापति हुन भने गाहा नेकपा एमाले नवलपुरका अध्यक्ष हुन ।

त्यसै गरि प्रदेश मामिला समितिको सभापतिमा जनमोर्चाका खिमबिक्रम शाहीको मात्रै उम्मेदवारी परेकाले शाही सर्वसम्मत चयन भएका हुन ।

यस अघि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुदाँ विधायन समितिको सभापतिमा एमालेका मोहन रेग्मी र सार्वजनिक लेखा समितीमा कांग्रेसका कुमार खडका सभापति थिए भने प्रदेश मामिला समितिको सभापतिमा जनमोर्चाका कृष्ण थापा सभापति थिए ।

कांगे्रस नेतृत्वमा प्रदेशमा नयाँ सरकार बने पछि संसदीय समितिका सभापति पनि फेरिएका हुन भने अर्थ तथा विकास समितिको सभापतिमा यस अघिनै निवार्चित माओबादी केन्द्रका दीपक कोईरालाले भने निरन्तरता पाएका छन ।

Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्