फागुन १४ । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए ।
सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनस्स्थापना गरेको थियो ।