काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ। आइतबार एकैदिन २५ जना थपिएर ८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
आइतबार नेपालगञ्जमा २४ जना र वीरगञ्जमा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको हो।
नेपालगञ्जमा २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको थियो। आइतबारै साँझमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो।
आइतबार नै राती १० बजेतिर अस्पतालले थप ९ जना संक्रमण भएको पुष्टि गरेको छ। यसरी आइतबार एकैदिन नेपालगञ्जमा २४ जनामा कोरोना देखिएको हो। शुक्रबार पनि नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो। यसरी नेपालगञ्जमा कोरोना संक्रमित हुनेको संख्या २५ पुगेको छ।
शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड१९ अस्पताल तयार गरिएको छ।