24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

बाँकेमा फेरि थपियो ६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो

- Advertisement -Flowers in Chania

वैशाख २१।

साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । भारत आउजाउ गरिरहने उनी पछिल्लो पटक लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए ।यो पनि पढ्नुस्वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमणकिट अभावले भैरहवामा कोरोना परीक्षण रोकियोकोरोना जोखिम क्षेत्रको मापदण्ड तयार, लकडाउनको मोडलमा अलमल

चैत १० गते विहान १० बजेबाट नेपालको सबै अन्तराष्ट्रिय सीमा नाकामा आवागमन बन्द भयो । तर भारतबाट मानिसहरु आउने क्रम रोकिएन । बाँकेको जमुनाह नाकामा पनि ५/६ सय जम्मा भएका थिए । उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज नगरपालिकाले उद्दार गरेर महेन्द्र बहुमुखी क्याम्पसमा राखेको थियो । तर त्यहाँ बस्ने खाने राम्रो  व्यवस्था नभएको भन्दै आधाभन्दा धेरै भागे ।

त्यही समूहमा उनी भएको पाइएको छ । यद्यपि उनलाई कहााबाट कसरी कोरोना संक्रमण भयो भन्ने पत्ता लागेको छैन ।

तर संक्रमण पुष्टि भएकाले कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो ।

आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

आइतबार  कोभिड–संक्रमण पुष्टि भएका मध्ये ८ पुरुष र ७ महिला छन् र, उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । उनीहरू सबै शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय मौजिनको सम्पर्कमा आएकाहरु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिएका छन् ।

थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिनेछ ।

अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । साथै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

यससंगै आज मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल संक्रमितको संख्या ७५ पुगेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्