24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

- Advertisement -Flowers in Chania

रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीका अनुसार बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको हुन् । बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको हो । बिहीबार साँझसम्म रोल्पाको जुँगारबाट प्रहरी सहायक निरीक्षकको टोली घटनास्थलमा पुगेको छ ।२०७७,बैशाख १८

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्