27 C
Kathmandu
Wednesday, March 3, 2021
2021 Mar 03, Wednesday 08:45

TRENDING .

शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते, एकको हात र एकको पाखुरा भाँचियो

- Advertisement -

परासी ।
पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते भएका छन् । जिल्लाको सिमावर्ति पाल्हीनन्दन गाउँपालिका वडा ५ को भगतपुरवाँ गाउँ नजिक दजगजामा बुधबार राती ९ बजेको समयमा शसस्त्र प्रहरीको कुटार्ईबाट एक बृद्धा सहित २ जना बालक घाईते भएका हुन् । घाईते हुनेमा भगतपुरवा निवासी ७० बर्षिय पुर्णवासी कहार, सोही ठाउँ बस्ने १४ बर्षिय अक्लेश गौड र १६ बर्षिय मुन्ना गौड रहेका छन् ।
यि तिनै जनामध्ये पुर्णवासी र अक्लेशलाई बढि चोटपटक लागेको छ । ७० बर्षिय पुर्णवासी गौडको पाखुरा भाँचिएको, टाउँको फुटेको, हात सहित विभिन्न ठाउँमा घाउ लागेको छ भने १४ बर्षिय अक्लेश गौडको हात भाँचिएको र शरिरको विभिन्न ठाउँमा घाउ लागेको छ त्यस्तै लाठीचार्ज हुँदा भाग्ने क्रममा मुन्ना गौडलाई प्रहरीको लाठी लागेर घाइते भएका छन् । घाईतेहरुको परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भैरहेको छ ।
मोटरसाईकलमा रक्सी बोकेर भारत लैजान खोज्दा प्रहरीले रोकछेक गरेपछि गाउँनै उल्टेर हाम्रा जवान र पोष्ट माथि आक्रमण गर्न खोज्दा डिफेन्समा लाठीचार्ज भएको हो शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटरका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाले बताए । राती ९ बजेको समयमा एक भारतीय मोटरसाईकलमा रक्सी लोड गरि भारत लैजाने क्रममा सिमा खटिएको सुरक्षाकर्मीले देखेर लखेट्दा मोटरसाईकल छोडी रक्सी लिई उनीहरु भागेको समेत खनियाले बताए । मोटसाईकल नियन्त्रणमा लिइएको र तस्करी गर्न नदिएको भन्दै गाउँलेहरु नै अस्थायि पोष्ट उखेल्न र सिमा खटिएका शसस्त्रका जवानहरु माथि आक्रमण गर्न खोज्दा डिफेन्स लिइएको शसस्त्र प्रहरी उपरिक्षक खनियाले जानकारी दिए । भगतपुरवाँ दशगजाबाट करिब ३ सय मिटरको दुरीमा रहेको छ । घाइते मध्ये अक्लेशको परिवारले दशगजा क्षेत्रमा रक्सी पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । २०७७, बैशाख १८

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्