18.1 C
Kathmandu
Flowers in Chania

काठमाण्डौमा अलपत्र गांउ फर्किए,गाउं फर्कन लिखित अनुमति

- Advertisement -

घनश्याम बगाले । नवलपुर । लकडाउनका कारण काठमाण्डौमा अलपत्र नवलपुरको पहाडी क्षेत्रका बासिन्दा बुधबार आफ्नै गाउं फर्किएकाछन् । नेपाली कांग्रेस महामन्त्री एवं नवलपुर १ का संघीय सांसद शशांक कोईरालाको सहयोगमा आईतबार र मंगलबार गरी करिव २ सय २ जना घर फर्किएकाहुन् ।

काठमाण्डौबाट आएका ८२ जना मध्ये बालबालिका सहितका २७ जना बुधबार विहान कावासोतीबाट पहाड तर्फ लागेकाछन् ।
बौंदिकाली र बुलिड.गटार गाउं पालिकाको विभिन्न गाउंका उनीहरुलाई गांउ जाने बसको ब्यवस्था गरी पठाइएको प्रदेस सांसद स्वकीय सचिव गोविन्द लामिछानेले बताउनु भयो । पहाडी दुई गाउंपालिकाका स्थानीयलाई पहाड तर्फ आउन लाग्ने बस भाडाको आार्थिक ब्यवस्थापनको जिम्मा यात्रुको अनुपातमा दुवै पालिकाले गरेको बौदिकालीका उपाध्यक्ष माया श्रेष्ठले जानकारी दिनुभयो ।

तरुण दल जिल्ला सभापति सूर्य गुरुंगका अनुसार गाउं फर्कने यात्रुलाई बसमा राख्नु पूर्व कावासोती स्थित विपि चोकमा माक्स वितरण गरी स्प्रे द्धारा डिस्ईन्फेक्टेड गरिएको थियो । सोही क्रममा नेपाली काग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले यात्रुहरुलाई गन्तब्यमा पुगेर आफ्नो र सामाजिक स्वास्थ्यकालागि पालिकाले तोकेको नियममा रहन आग्रह गर्नु भयो ।
जिल्ला बासीलाई घर फर्कन नेपाल तरुण र आफ्नो संस्था नेवि संघ नवलपुरले सवारी साधनको ब्यवस्थापन गरी समन्वयकारी भूमिका निर्वाह गरेको अध्यक्ष राजेश पौडेलले बताउनु भयो ।

गाउं फर्कन लिखित अनुमति

पूर्बी नवलपरासीको पहाडी बौद्धिकाली गाउंपालिकाले जिल्ला बाहिरबाट आउने जो कोहीले घर आउनुपूर्व लिखित अनुमति लिनु पर्ने भन्दै कडाई गरेको छ । काठमाण्डौ या अन्यत्रबाट घर आउदा ब्यक्तिगत या सामुहिक अनुमति लिई पालिकाले तोकेको स्थानमा स्वास्थ्य जांच गराई क्वारेन्टाईनमा अनिवार्य बस्नु पर्ने जनाएको छ ।

क्वारेन्टाईनमा रहदा जो कोहीले कोभिड उन्नाईसका नियमलाई उल्लंघन गरेमा प्रहरीको सहयोगमा पक्राउ गरी कुनै पनि प्रकारको राहत सुविधाबाट बन्चित गर्ने पालिकाले निर्णय गरेको छ । साथै पालिकाले कोरोना संत्रासका बेला एक पटकका लागि अनुमति सहित गाउं फर्कनेलाई ब्यवस्थित सहजिकरणका लागि जिल्ला प्रशासन संग अनुरोध गरिएको जनाएको छ ।२०७७,१७ बैशाख ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्