27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 04:45

TRENDING .

शसस्त्र प्रहरीद्धारा ब्राउन सुगर बरामद

- Advertisement -

परासी, १५ बैशाख
पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट शसस्त्र प्रहरीले ब्राउन सुगर र अन्य लागूऔषधसहित सोमबार एक जनालाई पक्राउ गरेको छ ।

शसस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. भूजहवाबाट खटिएको गस्ती टोलीले सरावल गाउँपालिकाको भूजहवा नाकाबाट उक्त सामाग्री बरामद गरेको हो । लागूऔषधसँगै पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३४ वर्षीया शेषकान्त उपाध्यायलाई पक्राउ गरेको शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले जानकारी दिए । बरामद भएका लागूऔषधमा ७.१५ ग्राम ब्राउन सुगर छ । त्यस्तै विभिन्न नामका ८ सय १४ पिस लागूऔषध छन् । इन्जेक्सन २ सय पिस र विभिन्न नामका सिरफ लागूऔषध ७७ पिस रहेको शसस्त्र प्रहरी उपरीक्षक खनियाँले जानकारी दिए सीमावर्ती भारतीय बजारबाट उनले लागूऔषध ल्याउँदै थिए । लकडाउनको समयमा सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचाल गरेपनि एकान्त स्थानबाट उनले भारतीय स्कुटीमा राखेर लागूऔषध ल्याउने प्रयास गरेको खनियाले बताए । भारतमा रहेको ससुरालीबाट फकर्दै गरेका उनीसँग श्रीमती र ३ वर्षे छोरा समेत रहेका थिए ।‘दसगजा नजिकबाट मोटरसाईकल डो¥याएर आउँदै गरेको देखियो । प्रहरीलाई देखेपछि उनले मोटरसाईकल झाडीमा लगेर लुकाए । खानतलासी गर्दा उक्त लागूऔषध स्कुटीमा लुकाएर राखेका रहेछन् । ’ खनियाले भने । उनी दसगजा पार गरिसकेपछि मात्र श्रीमती र छोराहरु पछिपछि हिड्दै आएका थिए । परिवारसँग जाँदा चेकजाँच कम हुने सोँच बनाएर उनले लागूऔषध ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । भारतीय नम्बर प्लेटको स्कुटीको चक्का माथिका खाली भागहरु र नट कस्ने स्थानमा लागूऔषध लुकाएर राखेका थिए । पक्राउ परेका उपाध्याय र बरामद भएका लागूऔषध आवश्यक अनुसन्धानका लागि सीमा प्रहरी चौकी महेशपुरमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ । अनुसन्धानमा सहयोग पुग्ने भएकाले उपाध्यायकी श्रीमती र छोरालाई पनि प्रहरीको जिम्मा लगाइएको छ ।

लकडाउनका कारण नेपाल भारत ओहोरदोहोर गर्ने व्यक्तिलाई जहाँबाट आएको हो त्यतै फर्काउने भएपनि लागूऔषध भएका कारण शसस्त्र प्रहरीले उनीहरुलाई नेपाल प्रहरीका जिम्मा लगाएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एकैदिन २८८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २००० नाघ्यो

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल...

वीरगञ्जमा थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य

१७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार...

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न...

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए

नेपालगञ्जमा २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्