27 C
Kathmandu
Sunday, May 16, 2021

काग्रेस महामन्त्री कोइरालाले दिए नवलपुरका स्थानीयतहलाइ स्वास्थ्य सामाग्री

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती – नेपाली कागँग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का सांसद डा. शशााक कोइरालाले नवलपुरका स्थानीयतहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

बुधबार जिल्ला प्रशाशन कार्यालय नवलपुरमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई स्वास्थय सामाग्री हस्तान्तरण गरिएको हो । जिल्ला प्रशाशन कार्यालय मार्फत ति सामाग्रीहरु स्थानीय तहरुमा पुग्नेछन् । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे नेपाली काग्रेस नवलपुरका सभापती एवम् गण्डकी प्रदेशसभा सदस्य बिष्णु प्रसाद लामिछानेले डा. कोईरालाले उपलब्ध गराएको स्वास्थय सामाग्रीले नवलपुरका स्थानीय तहरुलाई केहि मात्रामा भएपनि कोरोना रोकथामका लागि सहयोग पुग्ने विश्वास गरे ।
कोरोना महामारीका बेला स्थानीयत हरुलाई कार्य सम्पादनमा सहज होस् भन्ने उदेश्यले स्वास्थय सामाग्री उपलब्ध गराएको कोईरालाका स्वकीय सचिव भरत तिवारीले बताए ।

तिवारीका अनुसार नवलपुरका आठ वटा स्थानीयतहरुका लागि डा कोईरालाले एन ९५ मास्क ७५ थान , सेनिटाइृजर ८० लि. , पिपिई ६० थान , थर्मल गन १७ थान , ग्लोभ्स् ५०० सेट र मेडिकल मास्क २७५० थान उपलब्ध गराएका छन् । जिल्लामा अन्य थप स्वास्थ्य सामाग्री आबश्यक परेको खण्डमा फेरी पनि त्यस्ता सामाग्रीहरु उपलब्ध गराउन तयार रहेको तिवारीले बताए । स्वास्थय सामाग्री हस्तान्तरण गर्न गण्डकी प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली , संघिय सांसद सत्यनारायण खनाल , प्रदेश सांसद ओमकला गौतम , संविधानसभा सदस्य महेन्द्रध्वज जि.सि. लगायका नेताहरु जिल्ला प्रशाशन कार्यालय पुगेका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्