25.1 C
Kathmandu
Flowers in Chania

धमाधम भारतीय सवारी नेपाल प्रवेश(भिडियो सहित)

- Advertisement -Flowers in Chania

परासी– लकडाउनको समयमा अत्यावश्यक सामान बोक्ने सवारी बाहेक अन्य सवारी संचालन हुन नपाउने भनेपनी पश्चिम नवलपरासीमा भने उद्योगको कच्चा पदार्थ लिएर दिनहु दजर्नौ भारतीय सवारी नेपाल प्रवेश गर्ने गरेका छन् । स्टिल उद्योग, सिमेन्ट उद्योगका कच्चा पदार्थ लिएर भारतीय नागरिकहरु धमाधम नेपाल प्रवेश गर्न थालेपछी स्थानीय कोरोना संक्रमणको त्रासमा छन् । स्थानीयले पटक पटक उद्योगलाई लकडाउनको समयमा कच्चा पदार्थ नल्याउन आग्रह गरेपनि उद्योगीले टेरेका छैनन् । स्थानीयले भारतीय ट्रकलाई रमग्राम नगरपालिका ४ पोखरापालीका स्थानीयले बिच सडकमा नै रोकिदिएका छन् ।https://youtu.be/MqwCwt8bKDM
पश्चिम नवलरासीसंग सिमा जोडिएको भारतको महाराजगंज जिल्लमा कोरोना संक्रमण देखीएकाले सिमावर्ती नाकामा स्थानीयले भारतीय सवारी नेपाल प्रवेश गर्न नदिन आग्रह गरेपनि प्रशासनले चासो दिएको छैन् । जिल्ला प्रशासन कार्यालयले भने भन्सार बाट पास भएर आएका सावरी रोकन नसकीने बताउदै आएको छ । अत्यावश्क सामग्री बाहेकका सवारीसाधन र सामान नोपल भित्राउदा संक्रमण फैलिने उच्च जोखिम छ । भारतबाट औषधी र खाध्यान्न बाहेक अन्य उद्योगका कच्चा पदार्थ आयातमा तत्काल रोक लगाउन आवश्यक छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्