कावासोती
नेपाली काँग्रेस नवलपुरले आफ्ना कार्यकर्ताहरुलाई आपत्तिमा परेका नागरिकहरुलाई सहयोग गर्न र राहत वितरण गर्न सक्रियरुपमा लाग्न आग्रह गरेको छ ।
यस बिषम परिस्थितिमा नागरिकले पाएको दुख कष्ट प्रति नेपाली काँग्रेस नवलपुर मौन रहन नसक्ने हुदाँ राज्य संग नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्न जोडदार माग गर्दै नागरिक प्रतिको दायित्व पुरा गर्न समेत काँग्रेसले आग्रह गरेको छ ।
शनिबार पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाका सवै स्थानीय सरकारहरुसंग समन्वय गरेर अप्ठेरोमा परेका नागरिकहरुलाई सहयोग गर्न आग्रह गरेको हो । वर्तमान सरकारले नागरिकहरुप्रतिको जिम्मेबारी बहन गर्न नसकेको अवस्थामा पार्टीको तर्फबाट सवैको सहयोगमा लाग्न सम्पूर्ण भातृ तथा शुभेच्छुक संघसंगठनहरुलाई अनुरोध गरिएको पार्टी सचिव बालकृष्ण घिमिरेद्वारा जारी गरिएको विज्ञिप्तीमा जनाइएको छ ।
२०७७ बैशाख ६ गते शनिबार
- Advertisement -
- Advertisement -