27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 11:18

TRENDING .

विदेशमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई सर्वोच्चले दियाे आदेश

- Advertisement -

सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । 

 न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बिहिबार विदेशमा रोजगारीका लागि भएका नेपालीलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्धारका लागि पहल गर्न अन्तरिम आदेश जारी गरिएको छ । 

“वैदेशिक रोजगारीमा रहेर अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसङ्ख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्नुपर्छ”, आदेशमा भनिएको छ । सुक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले विनाभेदभाव, विनास्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकीय पहल गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

कोरोना प्रभावित महामारी फैलिएका मुलुकमा वैदेशिक रोजागरीमा रहेका नेपालीलाई राजदूतावास वा श्रम सहचारीमार्फत कोरोना सङ्क्रमित नेपालीको स्वास्थ्यस्थिति प्रतिवेदन तत्कालै तयार गर्न लगाई विश्वस्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम भेदभावरहित तरिकाले प्राप्त गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक सञ्चार र समन्वय गर्न आदेशमा भनिएको छ ।

“सरकारले तत्काल केही नगर्दा वैदेशिक रोजगारमा रहेका नेपालीको मानसिक, शारीरिक तथा जीवन मात्र जोखिममा नरही निजमा आश्रित रहेका परिवारको समेत जीवन जोखिममा पुग्न जाने हुँदा नेपाल बाहिर वा नेपालभित्र जहाँ रहे बसे पनि उनको जिम्मेवारी राज्यको प्राथमिकताको विषय हो”, आदेशम भनिएको छ, “सबै नागरिकको स्वास्थ्य, सुरक्षा वा अन्य आवश्यकताको सम्बोधन गर्नु राज्यको वैध सरोकारको विषय हो ।” नेपालको अर्थतन्त्रलाई ठूलो टेवा दिइरहेको वैदेशिक रोजगारीमा रहेका नेपालीले रोजगारी गुमाई अत्यन्त नाजुक, असुरक्षित, अस्वस्थ अवस्थामा बस्नुपरेको उल्लेख गर्दै आदेशमा राज्यले यस्तो अवस्थालाई अनदेखा गर्न नसक्ने उल्लेख छ ।

“एकातिर उनीहरुमा सङ्क्रमणको जोखिम रहेको छ, अर्कोतिर सङ्क्रमित हुँदा उपचारमा पहुँच छैन”, आदेशमा भनिएको छ, “केही देशले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान दबाब दिइरहेको र कतिपय वैदेशिक रोजगारीमा रहेका नेपाली घर फर्काइ दिन आफ्नो सरकार गुहारिरहेका भनी रिट निवेदकले उठाएको विषयमा राज्यले टुलुटुलु हेरेर बस्न सक्ने देखिँदैन ।”  अदालतले महामारीको अवस्थामा सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकको हकमा तत्कालै पर्याप्त र प्रभावकारी थप प्रयास गर्न आवश्यक देखिएको उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउन आदेशको माग गर्दै अधिवक्ता सोमप्रसाद लुइँटेलले बुधबार सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त निवेदनमाथिको पहिलो प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो ।  २०७७, बैशाख ४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एकैदिन २८८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २००० नाघ्यो

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल...

वीरगञ्जमा थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य

१७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार...

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न...

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए

नेपालगञ्जमा २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्