25.1 C
Kathmandu
Flowers in Chania

भैरहवामा सेना परिचालन

- Advertisement -Flowers in Chania

लकडाउनको उल्लंघन बढेपछि भैरहवामा नेपाली सेना परिचालन गरिएको छ । भारतसँग सीमा जोडिएको क्षेत्रमा लकडाउनको पूर्ण पालना गराउन सेना परिचालन गर्नुपरेको रुपन्देही प्रशासनले जनाएको हाे । स्थानीयले जनप्रतिनिधि र प्रहरीको आग्रहलाई अटेर गरेका कारण जोखिम रोक्न सेना परिचालन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । सेनाले आवश्यकताअनुसार नेपाल प्रहरीसँगको समन्वयमा चेकजाँच पनि गर्नेछ ।

‘नगरपालिका र नेपाल प्रहरीले माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको हो’ प्रमुख जिल्ला अधिकारी पन्थले भने, ‘भारतीय बजार सुनौलीलगायत खुल्ला सिमानाका कारण कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सेना परिचालनले सहयोग पुग्ने छ ।’

परिचालनसंगै सेनाले शहरको मुख्य बजार क्षेत्रमा गएर पसलहरु बन्द गर्न निर्देशन दिएको छ । अब लकडाउन अवधिभर नेपाली सेनाको गस्ती टोलीले भैरहवाका मुख्य–मुख्य चोकहरुमा नियमित गस्ती गर्ने छ । भैरहवाको मुख्य सडक क्षेत्र, बुद्धचोक, देवकोटा चोक, मिलनचोकलगायत क्षेत्रमा बिहीबार नेपाली सेनाले गस्ती गरेको छ ।

सेनाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी, खाद्यान्न तथा तरकारी बोकेका गाडी, फोहोर उठाउने गाडी, दूध डेरीका गाडी, प्रेसबाहेक अन्यलाई कडाइका साथ रोक्न शुरु गरेको छ । २०७७, बैशाख ४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्