27 C
Kathmandu
Sunday, May 16, 2021

उवासंघका उपाध्यक्षले दिए घरभाडा छुट

- Advertisement -
- Advertisement -spot_imgspot_img
नगरपालिकाका प्रमुख भीमबहादुर थापा –बीच) लाई १ लाख २० हजारको चेक हस्तान्तरण गर्दै उवासंघका उपाध्यक्ष एंव आरती एग्रो इण्डष्ट्रिजका सञ्चालक नगेन्द्र अग्रहरी ।


परासी । उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले घरभाडामा बस्दै आएका ९ जनालाई २ महिनाको घरभाडा छुट दिएका छन् । परासी सदरमुकाममा घर भएका उनले मासिक ९ हजारमा विभिन्न पसल व्यवसाय गर्ने व्यवसायी र संस्थालाई घर भाडा दिएका छन् । ‘लकडाउनले पसलहरु बन्द भएका कारण व्यवसायीहरुलाई आर्थिक रुपमा सहयोग पुग्ने भएकाले चैत र बैशाख महिनाको घरभाडा छुट दिएको हुँ । ’ उनले भने । घरभाडा वापत मासिक ५० हजारका दरले दुई महिनाको १ लाख छुट दिएको उनले जानकारी दिए ।
रामग्राम नगरपालिकामा सञ्चालित आरती एग्रो इण्डष्ट्रिजका सञ्चालक समेत रहेका अग्रहरीले सुनवल नगरपालिकाले स्थापना गरेको दैविक प्रकोप आकष्मिक कोषमा १ लाख २० हजार जम्मा गरेका छन् । लकडाउनले दैनिक मजदुरी गरेर खाने वर्ग मर्कामा परेकाले नगरपालिकाले वितरण गर्ने राहतमा सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराइएको उनले बताए । नगरपालिकाले स्थापना गरेको कोषमा अहिलेसम्म विभिन्न संघसंस्था र व्यक्तिहरुबाट ४६ लाख राहत रकम संकलन भएको नगर प्रमुख भीम बहादुर थापाले
बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्