सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातसम्म गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने निर्णय गरेको हो । यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो।
तर, कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेको हो। कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार अपराह्न बसेको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको थियो। चैत्र १६, २०७६