24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

प्रदेशस्तरीय आइसिटी क्विजको उपाधि शिव मावि नवलपुरलाई

- Advertisement -Flowers in Chania

पोखरा, १३ फागुन ।
क्यान महासंघ कास्कीद्वारा आयोजित हिमालयन कम्प्युटर रनिङशील प्रदेशस्तरीय क्विज प्रतियोगिताको उपाधि शिव मावि नवलपुरले जितेको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी क्यान इन्फोटेकको अवसरमा आयोजित क्विजको उपाधि जित्दै शिव माविले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कार्यक्रम संयोजक ईश्वर चालिसेले जानकारी दिए ।
बालविकास मावि नवलपुर द्वितीय, अरनिको मावि तनहुँ तृतीय र लिटिलस्टेप बोर्डिङ स्कुल कास्की सान्त्वना भएका छन् । द्वितीय र तृतीयले क्रमशः १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कार जितेका छन् । पोखराको न्युरोडमा रहेको हिमालयन कम्प्युटर्सले क्विजलाई प्रायोजन गरेको थियो । फागुन ११ गते सुरु क्यान इन्फोटेक १५ गते बिहीबारसम्म जारी रहने सचिव सेवक क्षितिजले जानकारी दिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्