27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 05:35

TRENDING .

प्रेस युनियन काठमाडौं अध्यक्षमा गौतमको उम्मेदवारी

- Advertisement -

काठमाडौं

सबैभन्दा धेरै सदस्य संख्या रहेको लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही फागुन २८ गते मंगलबार काठमाडौंको थापागाउँ स्थित काठमाडौ ब्यान्क्वेटमा हुन गइरहेको आठौ जिल्ला अधिवेशनमा हाल कार्यसमिति सचिव समेत रहेका गौतमले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।


वि.सं. ०६२ सालबाट पत्रकारिता सुरु गरेका गौतम भावि नेपाल साप्ताहिक, रेडियो राजधानी, क्यापिटल एफएम हुँदै हाल राजधानी दैनिकको वरिष्ठ संवादाताका रुपमा कार्यरत छन् । पत्रकारितामा स्नातक, समाजशास्त्र र राजनिती शास्त्रमा स्नाकोत्तर गौतमले श्रमजीवि पत्रकारहरुका समस्या, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता साथै नागरिक अधिकारका लागि निरन्तर खबरदारी कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।


प्रेस युनियन काठमाडौं शाखाका गतिविधि तथा एजेण्डाले देशभरका पत्रकारहरुमा प्रभाव पार्ने भएकाले अगामी दिनमा शसक्त मुद्दाहरु उठाएर अघि बढ्ने पनि गौतमले बताएका छन । यसैगरी आफ्नो कार्यकालमा शाखाको भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया सुरु गर्ने, श्रमजीवि पत्रकारका मुद्दामा निरन्तर क्रियाशिल पत्रकारलाई सम्मान स्वरुप ‘शसक्त श्रमजीवि राष्ट्रिय सम्मान’ साथै प्रेस तथा अभिब्यक्ति स्वतत्रताका लागि क्रियाशिल पत्रकारलाई ‘स्वतत्रता सेनानी राष्ट्रिय सम्मान’, ‘नव प्रतिभा युवा संचारकर्मी सम्मान’, विधागत पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि अक्षय कोष स्थापना गर्ने पनि बताएका छन् ।


यस्तै आफू निर्वाचित भए लगत्तै अग्रज पत्रकारहरुको परामर्शमा संगठनलाई गतिशिल बनाउन मासिक बहस श्रृखंला (टपिकल डिबेट) सुरु गर्ने, नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गराउन तालिम तथा बृत्तिविकासका परियोजनाहरु सुरु गर्ने, न्यू मिडिया प्रतिको आकर्षण र विकासलाई उच्च सम्मान गर्दै यसलाई व्यवस्थित र मर्यादित बनाउन भूमिका निर्वाह गर्ने आफ्नो योजना रहेको गौतमले बताएका छन।
संगठनलाई पारदर्शी र शसक्त बनाउन सागठनिक प्रशासनलाई समेत चुस्त राख्ने प्रतिबद्धता गौतमले गरेका छन् । काठमाडौं शाखामा हाल ८ सय ४३ सदस्य कायम गरिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

विपत्तिमा परेकाहरुको उद्दारमा लाग्न काँग्रेस नवलपुरको आग्रह

कावासोतीनेपाली काँग्रेस नवलपुरले आफ्ना कार्यकर्ताहरुलाई आपत्तिमा परेका नागरिकहरुलाई सहयोग गर्न र राहत वितरण गर्न सक्रियरुपमा लाग्न आग्रह गरेको छ ।यस बिषम परिस्थितिमा...

एमसिसि प्रस्ताव परिमार्जित गरिने छः अध्यक्ष प्रचण्ड

नवलपुर १० माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरीकी सरकारले नेपालका लागि अघि सारेको एमसिसि प्रस्ताव परिमार्जन गरि लागु गरीने बताउनुभएको छ...

भारतद्धारा सार्वजनिक नेपाली नक्सा तत्काल सच्याउ सरकार: मानव अधिकार तथा शान्ति समाज नवलपुर

कावासोती,-बिबेक भण्डारी । भारतले सार्वजनिक गरेको नक्सा तत्काल सच्याउन मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा नवलपुरले माग गरेको छ ।...

राष्ट्रिय सभामा ४५ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं, राष्ट्रियसभाको आगामी माघ ९ गते सम्पन्न हुने निर्वाचनमा विभिन्न ४५ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग लिने भएका छन्। राष्ट्रियसभाको एक...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्