एलिना केसी /
देवचुली
यति बेला भीमसेन आदर्श नमुना माध्यामिक बिद्यालयका बिद्यार्थीहरु पढाइ सँगै नौमती बाजामा समेत आकर्षित भएको छन् । नेपाली मौलिक संस्कृतिको धरोहर नौमती बाजा दलित समुदायको मौलिक बाजा हो । यसले धार्मिक एंवम साँस्कृतिक रूपमा उत्कृष्ट पहिचान समेत बोकेको छ । नेपाली समाजमा प्रत्येक नेपालीको मन मुटुमा बस्न सफल भएको नौमती बाजा नेपाली मौलिक संस्कृतिको अनुपम नमुना पनि हो ।
भीमसेन आदर्श नमुना माध्यामिक बिद्यालय नेपालकै उत्कृष्टि बिद्यालयका रूपमा पर्दछ । बिद्यालयमा बिद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै अन्य बाहिरी कुरामा पनि सहभागिता गराईरहेको छ । यस्तै भीमसेन स्वर्ण महोत्सवको अबसरमा बिद्यार्थीहरूले नौमती बाजा प्रदर्शन गरेको थिए ।पहिले देखि चलि आएको परम्परा नौमती बाजा पछिल्लो समय लोप हुने अवस्थामा रहेको पनि छ तर यसलाई संरक्षण गर्न बिद्यालयले जुन भुमिका निर्वाह गर्यो यो अत्यन्तै राम्रो रहेको र यसरी हामी जस्ता बिद्यार्थीहरुले नौमती बाजा बजाउन पाउँदा निकै खुसी लागेको भीमसेन बिद्यालयका कक्षा १० का ओमन विकले बताउँछन् । उनले नौमती बाजाको संरक्षण गर्नको लागि विभिन्न ठाँउमा खोज गर्नुपर्ने र बिद्यार्थीहरुलाई पनि अवसर दिनुपर्ने बताएका छन् ।कक्षा ६ मा अध्यनरत अनिस भुसालले २ हप्ता देखि आफुहरूले नौमती बाजा सिक्दै आएको बताएका छन् । नरसिंह, सनैइ,दमाह,टयाम्पु,झ्याली, धमेलक जस्ता सामाग्रीको प्रयोगबाट नौमती बाजा बज्ने र भीमसेनले हामीलाई एउटा अवसर दिएकोमा भुसालले धन्यवाद व्यक्त गरेका थिए ।
कक्षा ६ मा अध्यनरत अनिस भुसालले २ हप्ता देखि आफुहरूले नौमती बाजा सिक्दै आएको बताएका छन् । नरसिंह, सनैइ,दमाह,टयाम्पु,झ्याली, धमेलक जस्ता सामाग्रीको प्रयोगबाट नौमती बाजा बज्ने र भीमसेनले हामीलाई एउटा अवसर दिएकोमा भुसालले धन्यवाद व्यक्त गरेका थिए ।
यस्तै कक्षा ६ मा अध्यनरत एजिकल परियार ले बिद्यार्थीको जिवनमा पढाइ मात्र नभएर बाहिरी कुराको पनि सिको हुनुपर्ने र त्यो सिको बिद्यालयले प्रदान गरिरहेको बताएका छन् । उनले अन्य बिद्यालयहरूले पनि बिद्यार्थीहरूलाई शिक्षा सँगै सिपमुलक र कला सम्बन्धी कुराहरू सिकाउनु पर्ने बताएका थिए । मानिसको जिवनमा पढाइ सँगै अन्य कुराको पनि अवस्थकता रहेको परियार बताउँछन् ।
नौमती बाजा संयोजक भीमसेन बिद्यालयका शिक्षक दिपक भट्टराईले बिद्यार्थी जिवनमा नौमती बाजाले पढाइ सँगै कला प्रदर्सन गर्ने अवसर मिलेको र यो सिक्न पाउँदा बिद्यार्थीहरु पनि खुशी भएको बताउनुभयो । बिद्यालयले बिद्यार्थीहरूको लागि विभिन्न किसमका कार्यक्रमहरू पनि गर्दै आएको बताउनुभयो । भट्टराईले भीमसेनले आयोजना गरेको नौमती बाजा प्रदर्शनीले बाजा संरक्षण र प्रबर्द्धनमा ठुलो टेवा पुर्याउने बताउनुभएको थियो ।नौमती बाजा प्रदर्शनीमा कक्षा ६ का अनिस भुसाल, शेखर कफ्ले, एजिकल परियार, चिरन लामिछाने, निर्मल सिङ्जाली, कक्षा ७ का बुद्धि परियार, कक्षा ९ का समीर भट्टराई, हेमलाल विक, सन्देश भुसाल, कक्षा १० का रमेश बारघरे,ओमन विक, बसन्त तिमिल्सिना लगायतको टोलीको सहभागिता रहेको थियो ।