नवलपुर १० माघ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरीकी सरकारले नेपालका लागि अघि सारेको एमसिसि प्रस्ताव परिमार्जन गरि लागु गरीने बताउनुभएको छ । नवलपुरको दलदलेमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसिसि राष्ट्रिय हितका लागि सर्वोपरि राखेर मात्रै अगाडि बढाईने बताउनुभएको हो ।
अन्य मुलुकमा एमसिसि प्रस्तावमा सैन्य रणनीति अघि सारेकाले बिवाद भएको भन्दै नेपालमा विवादित अवस्था नआउने प्रचण्डले आश्वासन दिनुभएको छ । अमेरीकी सरकारबाट १० बुँदे स्पष्टीकरण आएको बताउदै अध्यक्ष प्रचण्डले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्ने मात्रै अधि बढ्ने बताउनुभएको हो ।
फरक प्रसंगमा अध्यक्ष प्रचण्डले माघ १५ गते बस्ने केन्द्रीय समितिको बैठकले नेकपाको तल्लो स्तर सम्मका सबै एकता टुङ्ग्याउने दाबि गर्नुभयो । एकता पश्चात नेकपाले नयाँ अभियान सहित देशब्यापि प्रशिक्षण अभियान शुरु गर्ने समेत प्रस्ट पार्नुभएको छ । हिजो मात्रै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपाले सोचे अनुरुपको शतप्रतिशत नतिजा हासिँल गर्न सफल भएको बताउनुभयो ।
स्थानीय निर्वाचन सम्पन्न भएको धेरै समय वितिसक्दा बहुमत प्राप्त सरकारले सोचे जति बिकास गर्न नसकेको जनगुनासोलाई महसुस गर्दै बाँकि समयमा यथासक्य मुलुक परिवर्तन र आर्थिक बिकासमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।
भारत सरकारले नेपालको लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्शमा गाभेर प्रकाशित गरेको नक्शाले नयाँ विवाद सिर्जना गरेको बताउदै नवलपरासीको सुस्ता र नेपालको बिर पुर्खाले हाँसिल गरेको कालापानी क्षेत्रको बिवादलाई दुवै देशले जटिल बिवादको रुपमा स्वीकारेको बताउनुभयो । देशको भूमि फिर्ता ल्याउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक ब्यक्तित्व एकिकृतभएको प्रति धन्यवाद ज्ञापन गर्दै नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्ने पार्टीको प्रमुख दायित्व रहेको स्पष्ट पार्नुभयो । जिल्ला कमिटी अध्यक्ष रोशन बहादुर गाहाको अध्यक्षता रहेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको थियो ।
प्रशिक्षण कार्यक्रम पछि पप्रचण्डले भिमसेन आर्दश माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समेत उद्घाटन गर्नुभएको थियो । विद्यालयको स्वर्ण महोत्सव उद्घाटनका क्रममा प्रचण्डले आफ्नो राजनैतिक जीवनको भूमीगत कालखण्ड सुरु भएको ठाउँको विद्यालयको स्वर्ण महोत्सवमा भाग लिन पाउँदा खुशी लागेको बताउदै समय मिलाएर एक दिन भूमीगत जीवनमा वस्न सहयोग गरेका गाउलेसंग रात विताउन आउने बताए ।
२०७६ माघ १० गते शुक्रबार
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
