27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 03:33

TRENDING .

दामनको रिसोर्टमा अचेत भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

- Advertisement -

लगत्तै अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना  भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको पालुङका प्रहरी निरीक्षक विकास तामाङले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘यहाँबाट हेम्स अस्पतालमा पठाइएको थियो ।’ अस्तपालका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले पनि अस्पताल स्रोतलाई उदृत गर्दै अचेत भेटिएका सबै विदेशी पर्यटकको मृत्यु भइसकेको बताए । उनले अनलाइनखबरसँग भने, ‘पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ ।’

मृत्यु हुनेहरुमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीया बालिका अभि,  ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीय बद्रा रहेको प्रहरीले जनाएको छ । उनीहरुको पूरा नाम भने खेलेको छैन ।

प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ प्रहरीको भनाइ छ ।

नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ जना एउटै कोठामा सुतेका थिए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्