27 C
Kathmandu
मंगलवार, मार्च 31, 2020
मंगलवार, मार्च 31, 2020

आउँदो दशकको विज्ञान जगत : चन्द्रमामा पुनरागमनदेखि बुढ्यौली रोक्ने प्रविधिसम्म

प्रविधि जगतमा पछिल्लो १० वर्षमा व्यापक परिवर्तन तथा विकास देख्न पाइयो । अबको दशक प्रविधि उद्योगका लागि कस्तो रहला ? आउँदो २०३० सम्ममा प्रविधिको क्षेत्रमा कस्ता कस्ता आविष्कारहरु होलान् ?

आजभन्दा दश वर्षअघि स्मार्टफोन बजारमा सबैभन्दा आधुनिक स्मार्टफोन भनेकै थ्रीजी युक्त आइफोन थियो । जसमा ३.५ इन्चको स्कृन थियो । अहिलेको आइफोन एक्स एस को साढे ६ इन्च ठूलो स्कृनको तुलनामा त्यो निकै सानो थियो ।

स्मार्टफोनको क्षेत्रमा मात्र होइन प्रविधिका अन्य क्षेत्रहरुमा पनि यो दशकमा ठूला ठूला परिवर्तनहरु भए । त्यसोभए आगामी दशकमा चाहिँ यस क्षेत्रमा कस्ता कस्ता परिवर्तन होलान् ? केही अनुमान यस्ता छन्  :

१. चन्द्रमामा पुनरागमन  : यो वर्ष चन्द्रमामा पहिलोपटक मानिसले पाइला टेकेको स्वर्णजयन्ती पनि हो । विश्वमा अहिले धेरै सरकारी निकाय तथा प्राइभेट कम्पनीहरुले समेत सन् २०३० सम्ममा चन्द्रमामा पुनः मानिस पठाउने भन्दै योजना बनाइरहेका छन् ।

अमेरिकी अन्तरीक्ष संस्था नासाले त सन् २०३० अगाडि नै चन्द्रमामा मात्र होइन मंगल ग्रहमै मानिस पठाउने योजना बनाएको छ । तर मंगल ग्रहमै मान्छे पठाउने कुरा एक दशकमै पूरा हुन गाह्रो छ ।

नासाका अधिकारीका अनुसार चन्द्रमामा बसेर बाँकी ब्रम्हाण्डको गहन खोज गर्ने समय अब टाढा छैन । अन्तरीक्ष विज्ञानमा अर्को महत्वपूर्ण कुरा त के भने सन् २०२४ मा नासाले पहिलोपटक चन्द्रमामा महिला अन्तरीक्षयात्री समेत पठाउँदैछ ।

स्पेस एक्स कम्पनीका मालिक एलोन मस्कले पनि चन्द्रमामा व्यवसायिक रुपमा पर्यटक पठाउने योजना अघि सारेका छन् । तर चन्द्रमामा मान्छे पठाउनु भन्दा नासालाई आफ्नो योजनामा सहमत गराउनु गाह्रो काम रहेको उनी बताउँछन् ।

यस्तै विश्वका नम्बर वान अर्बपति जेफ बेजोसले त चन्द्रमामा यान पठाउने भन्दै आफ्नै निजी कम्पनी खोलेका छन् ।

उता चीनले पनि आगामी १० वर्ष भित्रमा चन्द्रमाको दक्षिणी ध्रुवमा मान्छे उतार्ने योजना बनाएको छ । आािखर अब चन्द्रमामा को पहिला पुग्नेछ, त्योचाहिँ समयले नै बताउनेछ ।

२. व्यक्तिगत उडान यातायात  : अहिले सार्वजनिक यातायातमा उडान भन्ने बित्तिकै हेलिकप्टर वा हवाइजहाज नै हो । यद्यपि केही वर्षयता थुप्रै जेटप्याक तथा पर्सनल फ्लाइङ मेसिनको विकास भएको छ र विश्वका विभिन्न देशमा वैज्ञानिकहरुले यस्ता मेसिनमा मानिसहरुलाई उडाउन पनि सफल भएका छन् ।

फ्रेन्च वैज्ञानिक फ्रान्की जापाटाले फ्लाइबोर्डमै उडेर समुद्र पार गरे । त्यस्तै बेलायती सेनाका एकजना वैज्ञानिकले आफैले आविष्कार गरेको जेटशूटमा उडेर आकाशमा कठीन सैन्य तालिमसमेत पूरा गरे ।

उता दुबई पुलिसले समेत उड्ने बाइकको परीक्षण सुरु गरेको छ । त्यसैले मान्छेहरु एक्लै उडेर यात्रा गर्ने यस्ता साधनहरु आगामी दश वर्षमा व्यापक रुपमा आविष्कार हुने र प्रयोगमा आउने अपेक्षा गर्न सकिन्छ ।

३. घर बन्नेछ स्वचालित तथा स्वनिर्भर प्रणाली : बेलायतको न्युक्यासल विश्वविद्यालयका प्राध्यापक राचेल आर्मस्ट्रंग प्रयोगात्मक वास्तुकला विषयका विज्ञ तथा लिभिङ आर्किटेक्चर परियोजनाका संयोजक हुन् । उनका अनुसार सन् २०३० सम्म आवासीय घरहरु ऊर्जाको मामिलामा स्वनिर्भर हुनेछन् र घरेलु प्रयोजनमा जिवांश ऊर्जाको प्रयोग हट्नेछ ।

सुक्ष्म जीवहरुको प्रयोगबाट हरेक घरबाट उत्सर्जन हुने पिसाब र फोहोर पानी लगायतका अन्य तरल फोहोरलाई प्रोसेसिङ गरेर त्यसलाई सफा पानीमा परिणत गर्ने र त्यसबाट ऊर्जा समेत उत्पादन गरिनेछ भने घरभित्रै बगैँचा तथा इण्डोर विरुवाका लागि आवश्यक मल समेत उत्पादन हुनेछ ।

पिसाब तथा अन्य तरल फोहोरबाट निकालिने बिजुलीले घरभित्र रोबोट लगायतका अटोमेटेड मेसिनहरु चलाइनेछ । यो स्वचालित प्रणालीलाई घर आवासलाई जिवित आवासको रुपमा परिणत गर्नेछ ।

४. मानवीय स्वभाव जस्ताको तस्तै : सांस्कृतिक मानवशास्त्रमा विद्यावारिधी गरेकी प्राध्यापक जेनेभिभ बेलले इन्टेल कम्पनीमा लामो समय काम गरेपश्चात् हाल अस्ट्रेलियाको थ्री ए इन्स्टिच्यूटको नेतृत्व गरिरहेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्सले मानिसमा पार्ने प्रभावको अध्ययन गरिरहेकी छिन् ।

उनका अनुसार प्रविधि जति तिव्र गतिमा परिवर्तन हुन्छ मानवीय तत्व तथा प्रवृत्तिहरु त्यहीँ गतिमा परिवर्तन हुँदैनन् । विश्व अहिले औद्योगीकरणको चौथो तरंगमा प्रवेश गरेको छ र साइबर फिजिकल सिस्टमको सुरुवात भएको छ ।

ड्रोन, स्वचालित सवारी साधन, निर्माण रोबाट तथा स्मार्ट लिफ्ट जस्ता प्रविधिले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमै उल्लेख्य परिर्वन ल्याइदिएको छ । यद्यपि यी सबै परिवर्तनका बाबजुत मानवीयता चाहीँ परिवर्तन हुनेछैन र मानव मूल्यमा कमी आउने छैन ।

५. आर्टिफिसियल इन्टेलिजेन्सले प्रभाव जमाउनेछ तर मानिसलाई विस्थापित गर्ने छैन : वैज्ञानिकहरुका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा अझै कैयन् गुणा अत्याधुनिकता थपिनेछ र यसले मानव जिवनमा अवश्य पनि प्रभाव पार्नेछ । भविष्यमा कामका सिलसिलामा मानिस र मेसिनले एक अर्काको शक्तिको दुरुपयोग गर्नेछन् अगमेन्टेड इन्टेलिजेन्समा ।

आगामी दशकमा गेम खेल्ने, स्टक बजारको विश्लेषण, आलेख तयार गर्ने लगायतका संरचनाबद्ध तथा अनुमानयोग्य वातावरणका कार्यहरु गर्न मानिसको तुलनामा मेसिनलाई निके सजिलो हुनेछ ।

भविष्यमा मेसिनमाथि मानिसको विश्वास बढ्दै जानेछ र सन् २०३० सम्ममा जहाज उडाउने, रोगको निदान तथा वित्तिय क्रियाकलापको व्यवस्थापन जस्ता गम्भीर कार्यहरु समेत मेसिनलाई सुम्पिने क्रम बढ्नेछ ।

स्मार्ट सिटी तथा स्मार्ट कारहरुको विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्स समग्र यातायात प्रणालीको अभिन्न हिस्सा बन्नेछ । तथापि प्रविधिको विकास जुन स्तरमा पुगे पनि त्यसले एउटा नैतिकताको द्विविधा सिर्जना गर्नेनै छ र त्यो द्विविधाको अन्त्य मानिसबाट मात्रै सम्भव हुनेछ ।

६. बुढ्यौली रोकिनेछ : विज्ञहरुका अनुसार मानिसहरुको बुढ्यौली रोक्न वैज्ञानिकहरु सफल हुनेछन् । वैज्ञानिकहरुले मानिसको जिनहरु मोडिफिकेसन गर्ने पद्धतिको विकासमा अहम सफलता प्राप्त गरिसकेका छन् । अहिले वैज्ञानिकहरु डिएनएमा रहेका बुढ्यौली गराउने तत्वलाई हटाउने जैविक प्रविधिको विकासमा लागिरहेका छन् ।

वैज्ञानिकहरुले त यस्तो सम्म कल्पना गरिरहेका छन् कि मस्तिष्क लगायतका मानिसका सरीरका अंगहरु चाहेको बेला गाडीका पाटपुर्जा फेरझैँ फेर्न सकिनेछ ।

७. बेलायत बन्नेछ जासूस राज्य : मानव अधिकारवादीहरुका अनुसार सन् २०२० बेलायतमा राज्य निगरानी प्रविधिको भविष्यका लागि कोशेढुंगा हुनेछ ।

सम्भवतः युरोपेली अदालतले यो वर्ष राज्यले गर्ने आम निगरानीले नागरिकको मानव अधिकारको उल्लंघन भए नभएको फैसला सुनाउनेछ ।

फेसियल रिकग्नीसन प्रविधि, सोसल मिडिया मनिटरिङ, ब्याकडोर्स इनक्रिप्सन, अटोमेटेड डिसिजन मेकिंग तथा प्रेडिक्टिभ एनालिटिक्स जस्ता राज्य तथा कर्पोरेट जगतले प्रयोग गरिरहेका पद्धतिहरुमाथि पनि प्रश्न उठिरहेको छ । आगामी १० वर्षमा बेलायतका सबैजना मानिसहरुलाई सरकारको डिजिटल निगरानी तथा ट्रयाकिङमा हुनेछन् ।

८. डाटा इमान्दार बन्नेछ : यस दशकमा विश्वमा डाटाको महत्व सामुहिक रुपमै अनुभुत गरिनेछ । वास्तवमा डाटा समाजका लागि एक महत्वपूर्ण पूर्वाधार हो । सन् २०३० सम्ममा डाटाको संसार अहिलेको तुलनामा व्यापाक बन्नेछ । सटिक, सत्य तथा आधिकारिक डाटाको उपलब्धता सुनिश्चित बन्दै जानेछ ।

९. मानव पहिचानको पुनर्परिभाषा : विज्ञहरुका अनुसार फेसबुक तथा गुगलले अबलम्बन गरेका बजार केन्दि्रत मानवीय पहिचान सम्बन्धी अवधारणा स्खलित हुँदै जानेछ । आम नागरिकले नै अहिले उत्साहमा रमाइरहेका विज्ञहरुालई झट्का दिनेछन् । मानिसहरु प्रविधिको दासत्वबाट बाहिर निस्किएर आफ्नो नयाँ पहिचान खोज्नेछन् ।

१०. ठूला प्रविधि कम्पनीहरु नियमनको सकस : विज्ञहरुका अनुसार अहिले युरोपमा अमेरिकी कम्पनीले सिर्जना गरेको प्रतिस्पर्धाको संकटको विषय निकै जटिल बनिरहेको छ ।

धेरै अमेरिकी कम्पनीहरुले युरोपेली बजारमा कब्जा जमाइसकेका छन् । त्यस्ता कम्पनीहरुलाई नियमन तथा नियन्त्रण गर्न अब निकै कठिन हुनेछ । यद्यपि युरोपेली आयोगले गुगल तथा फेसबुक जस्ता कम्पनीहरुलाई प्रतिस्पर्धा नियम उल्लंघनको लगायतका अभियोगमा जरिवाना गर्दै आएको छ ।

साथै अमेजन तथा एप्पल जस्ता कम्पनीहरुलाई करछलीमा समेत कारवाही गरेको छ । तर यस्तो जरिवानाले मात्र ती कम्पनीको प्रभुत्व रोकिनेवाला छैन । एजेन्सकिो सहयोगमा

- Advertisement -

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा अपडेट

पोखरामा अब एक घण्टामा नै कोरोनाको रिपोर्ट

पोखरा, गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना...

‘घरभाडा मिनाहा गर्न अनुरोध हैन, निर्देशन देऊ’

१८ चैत, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित...

महिना दिनको हाजिर गरी स्वास्थ्यकर्मी टाप !

१८ चैत, सिमकोट । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया...

लकडाउन २५ गते मध्यरातसम्म थपियाे

सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातसम्म गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी...

६ लाख भन्दा बढीलाई कोरोना संक्रमण,२७ हजारले ज्यान गुमाए

कोभिड–१९ महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । शनिबार मध्यान्हसम्म ६ लाख २ हजार २ सय...
- Advertisement -

सम्बन्धित खवर

- Advertisement -