27 C
Kathmandu
Tuesday, August 11, 2020
2020 Aug 11, Tuesday 03:11

TRENDING .

पानी जहाज र रेलको सपनाले देशलाई ऋृणमा डुवाउछ – डा. शशाकं

- Advertisement -


गंगा बिश्वकर्मा
चोरमारा ।

सरकारले देखेको पानी जहाज र रेलको सपनाले देशलाई ऋृणमा डुवाउने नेपाली कंग्रेसका महामन्त्री डा. शशाकं कोइरालाले बताउनुभएको छ । उत्पादन नै नभएको देशमा पानी जहाज र रेलको सपना बोकी देशलाई ऋृणमा डुवाउने डा, कोइरालाले बताउनुभएको हो । आज नबलपुरको नबजगारण बहुमुखी क्याम्पसमा संचालीत पितृ मोक्ष बिराट ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै उहाले समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि चेतनाको बिकासलाई बढोत्तर गर्नुपर्ने बताउनुभएको हो । उहाले भन्नुभयो “१७ लाख हेक्टर खेती योग्य जमिन छ नेपालमा जसले ९ करोड जनतालाई खान पुग्छ तर ३ करोडलाई पनि पुगेको छैन” उहाले अझै थप्न’भयो “एक जमनामा हामी निर्यात गथ्र्यौ अहिले सम्पुर्ण बस्तुहरु आयात गर्नुपरेको छ त्यसैले देशलाई कृषीमा आधुनिकीकरण ल्याइ उत्पादन बढाएर मात्र ठुला ठुला सपना देखाउनुपर्छ ” । कोइरालाले रेमिट्यान्सले देश धानिरहेको अबस्थामा अब युवाहरुलाई देशमा नै राखेर रोजगार दिनुपर्नेमा जोड दिनुभएको छ । उहाले महायज्ञ स्नोकोत्तर सचालन लागि गरिएकोमा खुसी व्यक्त गर्दै देशले पनि चेतनाको बिकासलाई जोड दिएर आगामी कार्यहरु अगाडी बढाउनुपर्नेमा सुझाब दिनुभयो ।
उहाले आफू धर्म निरपेक्ष रास्ट्रको पक्षमा नभएको समेत बताउनुभएको थियो । डा कोइरालाले धर्म निरपेक्ष नहुने तर स्वतन्त्र हुने भन्दै हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको मुलुकमा धर्म निरपेक्ष रास्ट्र भन्नु उचित नभएको बताउनुभएको थियो ।
गत पौष २७ गतेदेखी संचालनमा रहेको महायज्ञको अन्तीम दिन आजसम्म करिब ७ करोड रुपैया आर्थीक दान संकलन भएको आर्थीक समिति संयोजक प्रकाश चन्द्र पंगेनिले बताउनुभएको छ । यद्यपी एकीन तथ्याकं भने केहि दिनमा मात्र सार्बजनिक गरिने उहाले बताउनुभएको छ ।
कर्यक्रममा क्याम्पसका प्रधान संरक्षक बिष्णु कार्कीले गरिब तथा बिपन्न परिवारका बालबालीकाहरुलाई अध्ययन गर्नका लागि सहज बातबारण बनाइदिन भन्दै रु ५१ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बौल्दै यज्ञका मुल आयोजक समिति संयोजक चेतनाथ तिवारीले महायज्ञ सोचे भन्दा भव्य र सव्भ भएको भन्दै सबैलाई धन्यबाद समेत ज्ञापन गर्नुभएको थियो ।
महायज्ञमा अबधिभर पण्डित नेत्रप्रसाद पराजुलीले श्रीमद्भागवत कथा वाचन गर्नुभएको थियो भने दिवाकालीन र रात्रिकालीन अबधिभर बिभिन्न झाकी तथा भजन किर्तन गरिएको थियो । दिवाकालीन या रात्रीकालीन जुनसुकै समयमा पनि भक्तजनहरुको आगमन उपस्थीतिले कार्यक्रमलाई सफल बनाएको भन्दै क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष तुल्सीराम तिवारीले भक्तजनलगायत यज्ञ समिति प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञ ९ दिन सम्म संचालन गरिएको थियो ।
सो अबसरमा गण्डकी प्रदेश सभा सदस्य बिष्णु लामीक्षाने , पुर्ब संसाद चन्द्रमणी खरेल , मध्यबिन्दु नगरपालीकाका प्रमुख चन्द्र बाहादुर राना , हुप्स्ेकोट गाउपालीकाका प्रमुख लक्ष्मी पाण्डे , देबचुली नगरपापालीकाका प्रमुख पुर्ण बाहादुर श्रेष्ठ , मध्यबिन्दु नगरपालीकाका उपप्रमुख ओमकुमारी महत्तो , मध्यबिन्दु नगरपलाकिाका बडाअध्यक्षहरु कार्यपालीका सदस्यहरु लगायत सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधी , सामुदायिक बिद्यालयका प्रधानाध्यपाक तथा प्रतिनिधी , उद्योगा बाणीज्य संघका अध्यक्ष तथा प्रतिनिधी शिक्षा प्रेमीहरु सामाजसेबी लगायताकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पस व्यबस्थापन समितिका उपाध्यक्ष तथा धनधान्यान्चल समिति उपसंयोजक केदारप्रसाद पराजुलीको स्वागत मन्तव्य रहेको थियो । २०७६ माघ ६ गते सोमबार

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एकैदिन २८८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २००० नाघ्यो

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल...

वीरगञ्जमा थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य

१७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार...

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न...

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए

नेपालगञ्जमा २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्