27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 03:07

TRENDING .

नवलपुर महोत्सव ठेक्कामा, ठेक्का दिन पाइदैन प्रजिअ कार्की

- Advertisement -

हुलाकी सम्वाददाता, कावासोती- उद्योग ब्यवसाय प्रवर्धन गर्ने उद्धेश्यले उद्योग वाणिज्य संघ नवलपुरले आयोजना गर्ने नवलपुर महोत्सव आयोजक आफैले सञ्चालन नगरेर ठेकेदारलाई ठेक्कामा लगाएको छ ।
कावासोतीमा यहि माघ ९ गते देखि सुरु हुने भनिएको छैटौं नवलपुर महोत्सव आयोजक नवलपुर उद्योग वाणिज्य संघले स्थानीय एक ब्यापारिक फर्मलाई ठेक्कामा लगाएको हो । उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गरेवापत ठेकेदारबाट १६ लाख रुपैया लिने गरी सम्झौता गरेको छ ।
नवलपुर उद्योग वाणिज्य संघले छैटौं नवलपुर महोत्सव सञ्चालनका लागि कावासोती स्थित सहयोगी साथी टेन्ट हाउसबाट १६ लाख रुपैया बुझ्ने गरी सम्पूर्ण काम जिम्मामा दिएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र सहयोगी साथी टेन्ट हाउसका सञ्चालक राजकुमार सिग्देलले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उद्योग वाणिज्य संघले महोत्सवबाट नितान्त नाफा कमाउने उद्धेश्य राखेको मात्र देखिएको छ । उद्योगी व्यवसायीलाई प्रवर्धन गर्नको लागि महोत्सव गरिएको हो , ठेकेदारलाई ठेक्का दिन भनेर गरिएको होइन । महोत्सव सञ्चालनको सम्पूर्ण जिम्मा उद्योग वाणिज्य संघको हुनुपर्छ । जिल्ला प्रसासन कार्यालयले कुनै ब्यक्ति विशेषलाई महोत्सव सञ्चालन गर्न अनुमति दिएको होइन । यस विषयमा तत्काल सम्बन्धित पदाधिकारीलाई वोलाएर स्पष्टीकरण लिएर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताउनुभयो ।

देशभरी सञ्चालन गर्ने मेला महोत्सवहरु उवासंघले नै हो । उसले कसैलाई पनि ठेक्कामा दिन मिल्दैन । ठेक्कामा दिने कार्य गैर कानूनी र उवासंघको मेला महोत्सव सञ्चालन कार्यविधि भन्दा बाहिरको हो, पछिल्लो दिनमा धेरै ठाउका उवासंघले मेलाहरु ठेक्कामा लगाउन थालेको सुन्नमा आएको हुँदा उनीहरुमाथि छानविन गरिने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गुणनीधि तिवारीले बताउनुभयो । नवलपुर उद्योग वाणिज्य संघले यस अघि सञ्चालन गरेको पाँच वटा महोत्सव मध्ये ०७२ सालमा डण्डामा सञ्चालन भएको तेस्रो महोत्सव, २०७४ सालमा कावासोती यूवा क्लवको खेल मैदानमा सञ्चालन भएको चौथो महोत्सव पनि ठेकेदारलाई ठेक्कामा दिइएको थियो । उवासंघले २०७५ सालमा सञ्चालन गरेको पाँचौ नवलपुर महोत्सव भने आफै सञ्चालन गरेको थियो । उक्त महोत्सवमा ८ लाख ७५ हजार रुपैया घाटा बेहोरेको संघका पदाधिकारीहरुले जनाएका छन् ।
स्थानीय उत्पादनहरुको प्रवर्धन,उद्योगी व्यवसायीलाई प्रवर्धन गर्ने सामाग्रीहरुको प्रदर्शनी गरेर व्यापारीहरुको मन जित्नुको साटो वर्षैपिच्छे महोत्सवको आयोजना गरेर महोत्सवको गरिमालाई नै घटाउने काम गरेको र महोत्सव हाटवजार जस्तो भएको उवासंघ नवलपुरका संस्थापक अध्यक्ष सालिकराम ढकालले बताउनुभयो । महोत्सव केही बर्षको अन्तरालमा हुनुपर्छ । तव मात्र सवैको चासो बढ्छ , नयाँ उत्पादनको बजारीकरण गर्न सजिलो हुन्छ । तर हामीकहाँ नयाँ उत्पादनलाइ प्रोत्साहन गर्नुको साटो मनोरञ्जन तर्फ मात्र महोत्सवहरु केन्द्रीत हुँदा पूर्णत हाटबजारमा परिणत भएको अनुभव आफुले गरेको ढकालले बताउनुभयो । उता उवासंघ नवलपुरका अध्यक्ष पोखरेलले भने आफुहरुले महोत्सव सञ्चालन गर्न कसैलाई ठेक्का नदिएको वताए । तर हुलाकीपत्र संग ठेकेदार संग गरिएको संझौता सुरक्षित छ । माघ-६, २०७६

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्