27 C
Kathmandu
Wednesday, August 4, 2021

प्रहरीसँग प्रतिकारगर्दै प्रधानमन्त्रीलाई पठाए कांग्रेस कार्यकर्ताले बिरोध पत्र

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, ५ माघ ः प्रहरीसँग प्रतिकारगर्दै पश्चिम नवलपरासीका कांग्रेस कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई सूचना प्रविधि विधेयकविरुद्धको बिरोध पत्र बुझाएका छन् ।
केन्द्रिय समितिको निर्देशनअनुसार कांग्रेस कार्यकर्ताहरु बिरोध पत्र बुझाउन नाराबाजीसहित आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । कार्यालयको प्रवेशद्धारमा रहेका प्रहरीले गेट लगाएर रोक्न खोजेपनि प्रतिकारगर्दै कांग्रेस कार्यकर्ताहरु प्रशासन कार्यालयको मुल गेटमा पुगेर नारबाजी गरेका थिए । जिल्ला प्रशासन परिसरमा नाराबाजी गर्न निषेध गरिएको छ । त्यसका बाबजुद कांग्रेस कार्यकर्ताहरु प्रहरीलाई ठेलमेल गर्दै मुल गेटमा पुगेका थिए ।
कार्यबहाक जिल्ला सभापति अर्जुन कुमार पोखरेलको नेतृत्वमा पुगेका कांग्रेस कार्यकर्ताहरुले सिडीओले जुलुसकै बीचमा आएर बिरोध पत्र बुझ्नु पर्ने अडान राखेपछि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी गेटमै पुगेर बिरोध पत्र बुझेका थिए ।
बिरोध पत्र बुझाएपछि आयोजित कोणसभामा कार्यबहाक सभापति पोखरेलले वर्तमान सरकारले एकपछि अर्कोगर्दै नागरिकका अधिकार हनन गर्न उद्दत रहेको भन्दै त्यसका विरुद्धलाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्