27 C
Kathmandu
Wednesday, August 4, 2021

गण्डकी प्रदेशमा ११ वटा औद्योगिक ग्राम घोषणा, नवलपुरमा शुन्य

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती ।
गण्डकी प्रदेशमा ११ वटा उद्योग ग्राम बन्ने घोषणा हुँदा नवलपुरमा भने एउटा पनि औधोगिक ग्राम घोषणा हुन सकेन ।
सरकारले स्याङ्जाको दुई स्थानलाई औद्योगिक ग्राम बनाउने घोषणा गर्दा नवलपुरमा एउटा समेत घोषणा हुन नसक्नु दुखद रहेको भन्दै सामाजिक अभियन्ताहरुले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।
सरकारले स्याङजाको अर्जुनचौपारी, बाग्लुङको ताराखोला, गोरखाको शहिद लखन र सिरानचोक तनहुँको ऋषिङ्ग, पर्वतको बिहादी, तनँहुको आँबुखैरेनी गाउँपालिका, लमजुङको राइनास नगरपालिका, बाग्लुङ नगरपालिका, स्याङ्जाको पुतलीबजार र वालिङ नगरपालिका उद्योग ग्राम बन्ने भनेर घोषणा गरेको छ ।
गण्डकी प्रदेश सरकारका उद्योग मन्त्री बिकास लम्सालले कावासोती नगरपालिकाको लोकाहामा प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाउने भनेर एक वर्ष अगाडि घोषणा गरेका थिए । तर उक्त स्थान अहिलेको घोषणामा नपर्दा नवलपुरबासी आक्रोशित भएका छन् ।
स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको प्रयोग गरी स्थानीयस्तरमै रोजगारी बढाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो।
औद्योगिक ग्राम स्थापनाको लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ बिगाहा जमिन हुनुपर्ने प्रावधान छ । लोकाहामा भने एक सय विघा भन्दा धेरै जग्गा रहेको छ । लोकाहामा उपयुक्त जग्गा र भू बनोट रहेको भन्दै प्रदेशकै नमूना औद्योगिक ग्राम वनाउने कुरा कावासोतीमा उद्योगी व्यवसायीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री लम्सालले घोषणा गरेका थिए ।
मानव बस्तीको २ सय मिटरभन्दा पर औद्योगिक ग्राम हुनुपर्ने, उद्योग स्थापनाको लागि प्लट कुल जग्गाको ६० देखि ७० प्रतिशत हुनुपर्ने, औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५ मा उल्लेख छ ।
कार्यविधि अनुसार औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र बनाउनु पर्नेछ ।
औद्योगिक ग्राम बनिसकेपछि स्थानीय तह वा निजी तथा साझेदारीमा सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ।
उद्योग ग्रामभित्र कृषि तथा वनजन्य, ऊर्जामूलक र सेवामूलक लगायत स्थानीय तहले उपयुक्त ठानेका उद्योगहरू रहने छन्।
गण्डकी प्रदेशमा कास्की पछि नवलपुरमा धेरै उद्योगहरु रहेका छन भने नवलपुरले वार्षिक अर्वाै रुपैया राजश्वमा योगदान दिदै आएको छ ।
२०७६ माघ ४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्