पर्यटन पूर्वाधार विकासका लागि छानियो चार पर्यटकीय गन्तब्य

कावासोती ।
नवलपुर पर्यटन समितिले जिल्लाको चार स्थानलाई उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने निर्णय गरेको छ ।
शुत्रबार कावासोती सम्पन्न पर्यटन पूर्वाधार विकास छनौट सिफारिस समितिको नवलपुरमा पूर्वाधार विकासका लागि चार उत्कृष्ट पर्यटकीय गन्तव्यको छनोट गरेको जिल्ला समवन्य समिति नवलपुरका प्रमुख चेसराम आलेले जानकारी दिनुभएको छ ।
गण्डकी प्रदेश सरकारले यसअघि सूचिकृत गरेको १० उत्कृष्ट गन्तव्य मध्ये पहिलो चरणमा ४ वटा गन्तब्यको पूर्वाधार विकासका लागि १ करोड ६० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट बुलिङटारको कामधेनु क्षेत्र घुमारी घाट, बौदीकालीको अकलादेवी मन्दिर, गैडाकोटको कैलाश सन्यास आश्रम र बिनयी त्रिबेणीको गजेन्द्र मोक्ष दिब्यधामलाई विकास गरी उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सिफारिस गरेको छ ।

त्रिबेणी स्थित गजेन्द्र मोक्ष दिब्य धाम


जिल्ला पर्यटन उपसमितिको मंसिर १० गतेको बैठकले जिल्लाका सवै स्थानीय तहलाई समेट्ने गरी १० वटा गन्तब्य स्थानको पहिचान गरी प्रदेशमा सिफारिस गरेको थियो । हरेक स्थानीय तहमा कम्तीमा एउटा पर्यटकीय गन्तव्यको छनौट गरी पठाएको भएपनि मन्त्रालयले जिल्ला स्तरीय पर्यटन उपसमितिको निर्णलाई हेरफेर गरी पठाएको छ ।
यस अघि जिल्ला स्तरीय पर्यटन उपसमिति नवलपुरले गैडाकोट नगरपालिकामा मौलाकालिका, देवचुली नगरपालिकामा शाश्वत धाम, र देवचुली वडाचुली क्षेत्र, कावासोतीमा मध्यवर्ति क्षेत्र अमलटारी –पिठौली, बुलिङ्टारको घुमारी घाट र वौदिकाली गाउँपालिकामा अकलादेवी मन्दिर, हुप्सेकोट गाउँपालिकाको रुद्रपुरगढि, मध्यविन्दु नगरपालिकामा नन्दपुर क्षेत्र, विनय त्रिवेणीमा दाउन्नेदेवी र गजेन्द्र मोक्षधाम त्रिवेणी गरी १० उत्कृष्ट गन्तव्यको छनौट गरी पठाएको थियो ।

बौदीकालीको डेडगाउँ स्थित अकलादेवी मन्दिर


समितिले पठाएको सिफारिसलाई मन्त्रालयले परिवर्तन गरेको छ । मन्त्रालयले गैंडाकोटको कैलाससन्यास आश्रम र मध्यविन्दु नगरपालिकाको लोहासेधारलाई पर्यटकीय गन्तब्यमा थप गरेर हुप्सेकोटको ऐतिहासिक क्षेत्र रुद्रपुर गढी र कावासोतीको अमलटारी–पिठौली मध्यवर्ती क्षेत्रलाई जिल्लाको उत्कृष्ठ पर्यटकीय गन्तब्यबाट हटाएको छ ।
मन्त्रालयले एउटा स्थानीय तहमा कम्तिमा एउटा गन्तव्य पारेर निर्णय गरी पठाउन निर्देशन दिएको थियो । पर्यटन समितिले स्थानीय तहको सिफारिसको आधारमा १० वटा गन्तब्यको छनौट गरी पठायो तर कसरी परिवर्तन भयो भन्दै आफु अचम्ममा परेको जिल्ला समन्वय समितिका प्रमुख आलेले बताउनुभयो । मैले गन्तब्य परिवर्तको विषयमा आफुले मन्त्रालयमा गुनासो समेत राखेको आलेले बताउनुभयो । साथै उहाँले भन्नुभयो हामीले पठाएको सूचीलाई मन्त्रालयले हेरफेर गरेकोमा मेरो गुनासो छ । ’
अव के के पूर्वाधार निर्माण गर्ने भन्नेमा स्थानीय तहले बैठक वसेर निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसमा मन्त्रालयको पनि सुझाव हुन सक्ने उहाँको भनाई छ । बजेट भने सिधै गाउँपालिका वा नगरपालिकामा आउने वा मन्त्रालयले तोकेको कार्यालयबाट उक्त बजेट खर्च हुने बताइएको छ ।
निर्देशिका अनुसार गण्डकी प्रदेशका ज्येष्ठ माननीयले संयोजकत्व गर्ने र सोही वैठकले सिफारिस गर्ने नियमानुसार शुक्रबार सांसद जनकलाल श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले उक्त चार वटा क्षेत्रको छनौट गरी मन्त्रालय पठाउने निर्णय गरेको हो ।
छनौटमान परेका गन्तव्यहरुले पूर्वाधार विकास गर्न ४० लाख बजेट पाउनेछन् ।
२०७६ माघ ३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्