27 C
Kathmandu
Wednesday, August 4, 2021

लोप हुदै मधेश सस्कृती

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी-बढ्दो आधुनिकता संगै पश्चिम नवलपरासीमा पुराना रिती सस्कृती लोप हुने अवस्थामा छन् । केही वर्ष सम्म गाउंघरमा गुजंने मौलिक बाजा , भेषभुषा र परम्परा नयां पुस्ताका लागि नौलो लाग्न थालिसकेको छ । केही वर्ष अघि सम्म परासीका गाउंगाउंमा फरुवा नाचं खुप नाचिन्थ्यो । कामबाट फुर्सद मिल्ने बित्तिकै युवाहरु जमघट भएर यो नाचंमा रमाउने गर्दर्थे । तर अहिले मोबाईल , टिभी , इन्टरनेटको विकासले यो नाचं लोप भएको छ । युवायुवती घरमा नै मोवाइल , ल्यापटपमा रमाउन थालेका छन् । फुर्सदीलो भएपछि पहाडी क्षेत्रमा रोधीमा गाउंने जस्तै पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा स्थानीयले ‘फरुवा’ नाचेर मनोरंजन लिने चलन थियो । टोलका बुढापाका, युवा जम्मा भएर रमाईलो गित गाउने , भगवानको स्तुती गर्ने गर्दछन् । यसैमा सबैजना आनन्द लिदै स्वरमा स्वर मिलाएर साथ दिने चलन हराएको परासीका देवेन्द्र यादब बताउछन् । ‘तराई क्षेत्रका सवै समुदाय यसमा रमाएपनि यो यादव समुदायको परम्परागत नाचं हो । हलोको फाली दुई वटा औलामा राखेर आवाज निकाल्ने , खुट्टामा घुंघुरु बाधेंर डफला बजाउदै चुट्कामा झुम्नु नै यो नाचंको विशेषता हो ।’उनले भने, ‘ पुरुषहरु मात्र नाच्ने यो सस्कृतीमा अभिनय र आकर्षक नृत्यद्धारा दर्शकलाई आकर्षित गरीन्छ ।’

   पहिले पहिले बाध्यवाधन नहुदा हलोमा प्रयोग गरीने फलामको फाली प्रयोग गरेर आकर्षक धुन निकालिने गरीन्थ्यो ।  कला र साहसको संयोजनकारुपमा यस नाचंमा शरिरमा ईट्टा फुटाउने , दातंले टोकेर मानिसलाई उचाल्ने तथा विभिन्न शारिरीक अभ्यास कला प्रस्तुत गरीन्छ । कला साहस र संगित मार्फत मनोरंजन लिनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरीन्छ । खुसीमा मात्र होईन दुःख पिर परेका व्यक्तिहरुलाई जीवन सर्घष र दुःख सुःख एक रथका दुई पाङग्रा हुन भन्ने सन्देश दिने गरीन्छ । अहिले भने यो नाचं मेला महोत्तसवमा मात्र प्रर्दशन गर्ने गरीन्छ । पुराना पुस्ताले मेला महोत्तसवमा मधेशको पुरानो सस्कृतीको जर्गेनागर्ने भन्दै नयां पुस्तालाई जानकारीका लागि प्रस्तुत गरीने यो नाचं लोप हुने अवस्थामा छ । यसको संरक्षणका लागि नयां पुस्ताले पनि चासो देखाएका छैनन् । 

हरायो भरभुजवा
समुदायमा सबै मानिस सम्पन्न हुदैनन् । कोही दैनिक ज्यालादारीले मात्र बिहान बेलुकाको छाक टार्न सक्ने हुन्छन् । कोही अरुलाई नै काम दिन सक्ने हुन्छन् । यही विभेदलाई हटाउन मधेशमा गाउंभरीका जम्मा भएर एकै स्थानमा भुट्ने भरभुजवा बनाउने र सबैले खाने चलन थियो । वर्षमा केही दिन भएपनि यसले सामाजिक उत्तरदायित्व बहन गरेको महसुस हुने गर्दथ्र्यो ।

पश्चिम नवलपरासीमा पनि यस्तो चलन थियो । तर आज भोलि स्थानीय भाषामा भुजा भुज्ने चलन लोप हुदै गएको छ । बजारमा पाईने भन्दा गाउंघरमा नै तयार पारीने यो भुजा स्वादिष्ट र जाडो महिनामा स्वास्थयका लागि पनि राम्रो मानिन्थ्यो । । ‘हरेक टोलटोलमा भुजा बनाउने चुलो हुने गर्दथ्र्यो । गाउलेहरू जाडो महिनामा प्राय प्रत्येक दिन आफु संग भएको खाध्यान्नको भुजा बनाउन भरभुजवामा जम्मा हुने गर्दर्थे । ’रामग्राम १८ का देवकरण भरले भने ,‘टोलभरीका जम्मा भएर विभिन्न खाध्यान्न भुट्ने र सबैले बाढेर खाने चलन थियो । भारमा भुज्नेहरु धेरै भएकाले लाममा बसी भुजा भुजेर परिवारसंग बसेर खाईन्थ्यो । यही भुजा खेतमा काम गर्ने मजदुरलाई पनि नास्ताको रूपमा खुवाउने चलन थियो ।’टोलभरीका मानिसले आफुसग घरमा उपलब्ध चना, चामल, मकै, भटमास, अनदी धान , बदाम, चिउरा लगायतका अनाजहरूको भुजा भुजाउने गर्दर्थे । धेरै जनालाई एकै पटक खाध्यान्न भुट्नुपर्ने भएकाले जमीनमुनि ठूलो खाडलमा आगो बालेर चुलोमाथि दुई वा तीनवटा माटोको हांडीहरु राख्ने चलन थियो । ‘यो परम्पराले गाउंमा भाईचारा बढाउने , बाडेर खानुपर्दछ भन्ने सकारात्मक प्रभाव पार्ने काम गरेको थियो ।’पाल्हीनन्दन गाउंपालिका ४ का ६५ वर्षिय रामर्वक्ष रौनियारले भने,‘अहिले एउटै टोलका छिमेकी पनि चिन्न नसक्ने अवस्था छ । पुराना सस्कृती लोप हुदै जादा सहयोगी भावना र भाईचारा पनि गुम्दै छ ।’

मुखीया छान्ने परम्परा हरायो
तराईमा थारु समुदायलाई भुमीपुत्र भनेर चिनिन्छ ।विशेषगरी खेती गरेर जिविका चलाउने यो समुदायमा मुखीयाको निर्देशन अनुसार काम हुने गर्दछ । यो समुदायले मान्ने जितिया , बड्की आईतबार ,माघी जस्ता पर्व आजभोली रौनक पनि पहिले जस्तो छैन् । अन्य पर्व भन्द्या माघीलाई विशेषरुपमा हेर्ने गरीन्छ । यो पर्वमा गाउंको अगुवा मुखीया छान्ने परमपरा थियो । तर अहिले यो परमपरा हराएको छ । यो पर्वमा कामका लागि घर बाहीर गएका परिवारका सदस्य र आफन्ति बिच भेटघाट र वर्षदिन भरीको कामको समिक्षा संगै आफन्तीमा रामाईलो गर्ने चलन छ । तर , नयां पुस्तालाई माघीको परम्परागत मुल्य मान्यता राम्ररी थाहा थिएन् । रमाईलोका लागि मात्रै आधुनिक तबरले यो पर्व मनाउछन् । माघी पर्वमा पहिले पहिले गाउंको मुखीया चुन्ने प्रचलन रहको थियो । मुखीया चुनेपछि उस्ले चौकीदार र गाउंमा कस्ले के गर्ने भन्ने जिम्मेवारी दिने गर्दथ्यो । तर अहिले त्यो परम्परा हटेको छ । अघिल्लो दिन मछवारीको दिन माछा मारेर माघे सक्रान्तिको दिनमा दिदी वहिनी , आफन्त र गाउंका अगुवा बोलाएर गित गाउदै आफ्ना पिरमर्का पोख्ने र रमाईलो गर्ने प्रचलन हराएको छ । ‘माघि पर्व हाम्रो थारु जातीको नयां वर्ष हो । यस अबसरमा वर्षभरीको कामको समिक्षा र आगामी सालको लागि मुखीया छान्ने परम्परा थियो ।’पश्चिम नवलरासी सरावल गाउंपालिका २ का जित बहादुर चौधरीले भने,‘मुखीया छान्ने परम्परा हटेको भएपनि नयां पुस्ताले सास्कृतिक कार्यक्रम गरेर शुभकामना आदान प्रदान गर्ने गरीन्छ ।’

2076-10-03

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्