27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 01:41

TRENDING .

योग : किन, कहिले र कसरी गर्ने ?

- Advertisement -

व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ ।

योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।

शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ ।

मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्छ ।

योगको नियम

योग गर्ने भन्दैमा जथाभावी गर्नु राम्रो हुँदैन । हरेक कुराको आफ्नै विधी, नियम र तौर तरिका हुन्छ । योग पनि सिलसिलाबद्ध ढंगले गर्नुपर्छ ।

१. कुनै गुरुको निर्देशन एवं परामर्शमा योग अभ्यास सुरु गरौं ।

२. सूर्योदय वा सूर्योअस्तको समयमा योग गर्नु ठीक हुन्छ ।

३. योग गर्नुअघि स्नान गर्नु सर्बोत्तम हुन्छ ।

४. योग खाली पेट गरौं । योग गर्नु २ घण्टाअघि केहि नखाने ।

५. योगका लागि आरमदायक सुती कपडा लगाउनु राम्रो हो ।

६. तन जस्तै मन पनि स्वच्छ हुनुपर्छ । योग गर्नुअघि नराम्रो बिचार त्याग्नुपर्छ ।

७. कुनै शान्त वातावरण र सफा स्थानमा योग गरौं ।

८. योग गरिरहँदा धैयता र दृढता आवश्यक हुन्छ ।

९. निरन्तर योग अभ्यास जारी राखौं ।

१०. योग गरिसकेको ३० मिनेटसम्म केहि नखाने ।

११. प्राणायाम जहिले पनि आसन अभ्यास पछि मात्र गर्ने ।

१२. यदि कुनै रोग छ भने चिकित्सको सल्लाह लिएर मात्र योग थाल्नुपर्छ ।

१३. योगअभ्यासको अन्त्यमा शवासन गर्नैपर्छ ।

योगको प्रकार

योग चार किसिमको हुन्छ, राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।

योग कहिले सुरु गर्ने ?

योग गर्नका लागि सूर्योदयअघिको एक वा दुई घण्टा सबैभन्दा राम्रो हुन्छ । यदि बिहान सूर्योदयअघि योग गर्न सकिएन भने सूर्योस्तको समयमा पनि योग गर्न सकिन्छ ।

योग गर्नुअघि मनलाई शान्त राख्नुपर्छ । सम्पूर्ण ध्यान योगमा केन्द्रित गर्नुपर्छ ।

–     योगअभ्यास धैर्यतापूर्वक गर्नुपर्छ । यदि शरीर लचिलो छैन भने जबरजस्तै कुनैपनि आसन गर्नु हुँदैन । बरु, विस्तारै बिस्तारै अभ्यास गर्नुपर्छ ।

–     सुरुमा त्यही आसन गर्नुहोस्, जुन तपाई सजिलैसँग गर्नुहुन्छ ।

–     सूरुवातमा दुई आसनको बिच केहि सेकेन्ड आरम गर्नुपर्छ ।

–     आसन गरेको समय सास लयबद्ध हुनुपर्छ ।

–     मासिक धर्मको बेला वा गर्भावस्थामा योग गर्दा गुरुको परामर्श आवश्यक हुन्छ ।

–     १० बर्षभन्दा कम उमेरका बच्चालाई जबरजस्ती कुनैपनि आसन गर्न लगाउनु हुन्न ।

–     योगसँगै खानपानमा संयम अपनाउनुपर्छ ।

–     पुरा निन्द्रा लिनुपर्छ । शरीरलाई व्यायाम र पौष्टिक आहारका साथै आरमको पनि जरुरी हुन्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

नमस्कार गर्दा अहंकार नष्ट हुन्छ

हामी जब कसैसाग भेट गर्छौं, नमस्कार आदनप्रदान गर्छौं । आफुले मान्नुपर्ने व्यक्तिलाई हार्दिकतासाथ नमस्कार गर्छौं । कुनैपनि भेटघाटको पहिलो औपचारिक सुरुवात नै...

स्वस्थ र खुसी जीवनका लागि अनुशासित दिनचर्या

अनुशासन भनेको आफ्नो जीवनलाई सही र सार्थक ढंगले अगाडि बढाउने मार्गचित्र हो । यसैको परिधी र सीमाहरुमा रहेर हामी आफुलाई राम्रो बाटोमा...

मोनीका श्रेष्ठ मेमोरियल ट्रष्टद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा

धनु भुसाल। नवलपुर, २० पुस । मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आईतवार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कावासोती नगरपालिका वडा नम्बर...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्