27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 03:04

TRENDING .

सभ्यता निर्माणका लागि शिक्षा अपरिहार्य: पूर्व राष्ट्रपती डा. रामबरण यादव

- Advertisement -
धान्याञ्चल माहायज्ञको उद्घाटन गर्दै पूर्व राष्ट्रपति डा. यादव

मीना कडेल
कावासोती

नेपालका प्रथम राष्ट्रपती डा रामबरण यादवले सभ्यता निर्माणका लागि शिक्षा अपरिहार्य रहेको बताउनु भएको छ । शिक्षाको विकास विना कुनै पनि देशले प्रगती गर्न नसक्ने भन्दै शिक्षा नै ब्यतिmको मुलआधार रहेकोमा उहाँले जोड दिनु भयो । नवलपुरको चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत, पितृमोक्ष एवम् धनधान्यान्चल महायज्ञको आइतबार उद्घाटन गर्दै डा.यादबले सो कुरा बताउनु भएको हो ।
त्यस्तै उहाँले संसारका जतिपनि विकसित देशहरु छन् ति सबैले शिक्षाको विकासमा जोड दिएकै कारण यो स्थानमा आईपुगेको बतानुभयो । “जुन देशका नागरिक अस्वस्थ छन्, शिक्षीत छैनन् । त्यो देश कहिल्यै अघि बढ्न सक्दैन ।” सबैले शिक्षाको विकासमा जोड दिन आबश्यक छ डा. यादवले बताउनु भयो । नेपालको आफ्नै मौलिक पहिचान र सस्कृति रहेको उल्लेख गर्दे उहाँले नेपालको संस्कृतिलाई जोगाईराख्न शिक्षा हुनैपर्नैमा जोड दिनु भयो । स्थानीय तहमा महायज्ञ गरि शिक्षाको विकासमा लागेको भन्दै आयोजकको तारिफ समेत गर्नुभयो । सबै देशवासीललाइ आग्रह गर्दे उहाँले सस्कृति र सभ्यताको संरक्षण गर्न सबै लाग्न आव्हान गर्नुभयो ।
नवजागरण बहुमुखी क्याम्पस मध्यविन्दु–७ चोरमारामा पौष २७ गते आईतवारदेखि माघ ६ गते गते सम्म सन्चालन हुने महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराज ज्युको उपस्थिति रहने बताइएको छ ।
स्नातकोत्तर कक्षा संचालन , स्नातक तहमा स्तरीय प्राबिधिक शिक्षा, सुबिधासम्पन्न क्याम्पस संचालनार्थ आयोजित महायज्ञमा विभिन्न दुर्घटनाका कारण अल्पआयुमै मृत्युुबरण गरेका मानिसहरुको आत्मशान्तिका लागि नारायणवलि सहितको पुजा गरिने आयोजकले बताएको छ । भागवत अलङ्कार पदबिले बिभुषित पं. नेत्र प्रसाद पराजुलीको प्रमुख बाचकको रुपमा रहनु भएको छ । धन धान्याञ्चल को औपचारिक समुद्घाटन भन्दा अगाडि मध्यविन्दु नगरपालिकाकी उप प्रमुख ओम कुमारी महतोको नेतृत्वमा १०५५ कलश यात्रा निकालिएको थियो । कलशयात्रा क्याम्पस प्राङ्गणदेखि नगरपालिकाको कार्यालय हुँदै मध्यविन्दु ८ चौरङ्गिको वर परिक्रमा गरि पुनः क्याम्पस प्राङ्गणमा आएको थियो ।
महायज्ञको पहिलो दिन बोल्ने बक्ताहरुले क्याम्पसलाई यथाशक्य सहयोग गर्ने बताए । मध्यबिन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले क्याम्पसलाई १ करोड २० लाख नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघीय सांसद तिलक महतले निर्वाचन क्षेत्र विकास मार्फत् २१ लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै क्याम्पस संचालक समितिका अध्यक्ष तुलसीराम तिवारीले १० लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महायज्ञमा पंण्डित नेत्र प्रसाद पराजुली प्रमुख बाचकको रुपमा रहेका छन् । महायज्ञमा २० करोड रकम सकंलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । २०७६ पुस २७ गते आइतबार

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एकैदिन २८८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २००० नाघ्यो

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल...

वीरगञ्जमा थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य

१७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार...

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न...

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए

नेपालगञ्जमा २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्