27 C
Kathmandu
Wednesday, August 4, 2021

मालपोत कार्यालय कावासोतीमा बेथिति : भएका कर्मचारीले समेत काम गरेनन् : सेवाग्राही

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, -डोलराज रानाभाट । कार्यालय प्रमुख नहुँदा अस्तव्यस्त वनेको मालपोत कार्यालय, कावासोती, नवलपरासीमा भएका कर्मचारीले पनि समयमै सेवा नदिएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । कर्यालयमा अधिकाँश कुर्ची खाली रहेको र कुर्चीमा भएका कर्मचारीले पनि जनतालाई भोलि आउनुहोस् भन्दै झुलाएको सेवाग्राहीले बताएका हुन् ।
तोक लगाउनैका लागि लामो लाइनमा वस्नुपर्ने र एउटा हस्ताक्षर गर्न समेत डेढघन्टा झुलाएको बताइएको छ । नास्ता खान गएका कर्मचारी समेत घन्टौं हराउने र कार्यालय वरपर रहेका लेखनदासले सेवाग्राहीसँग चर्को शुल्क लिने गरेको आरोप आएको छ । यता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आफुले सम्वन्धीत ठाउँमा कार्यालय प्रमुखका लागि पहल गरिरहेको र अहिले जिल्ला वाहिर रहेका कारण पछि थप जानकारी दिने बताउनुभयो । पुस-२६,२०७६ 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्