कावासोती, -कमला राना मगर । माघेसक्रान्ती पर्व मगर समुदायको मौलिक पर्व रहेको र परापुर्वकाल देखि नै मगर समुदायले मनाउदै आइरहेकोे लाङ्घाली एकता समाज कावासोती ८ द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्त्ताहरुले बताएका छन् ।
आफनो धर्म परम्परा र संस्कारले नै जातित्वको पहिचान हुने भएकोले यसलाइ जोगाइ राख्नको लागी यस्ता कार्यक्रमहरुले ठुलो टेवा पुर्याउने बोल्ने वक्त्ताहरुले धारणा व्यत्ता गरेका थिए ।
संस्थाका अध्यक्ष राम बहादुर राना मगर को सभापतित्वमा भएको माघेसक्रान्ती पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथी सल्लाहाकार कर्णेल धन बहादुर मास्की राना मगर प्रमुख अतिथी रहनुभएको थियो । यसैगरी विशेष अतिथीमा सल्लाहाकार लिला मास्की राना मगर, प्रेम बहादुर राना मगर, लेखा संयोजक बाबुराम राना मगर, पुर्व उपाध्यक्ष छविलाल राना मगर, शिक्षा संयोजक कमला राना मगर रहनुभएको थियो । सस्थाका सचिव याम बहादुर थापा मगरले संचालन गर्नुभएको कार्यक्रममा विविध सास्कृतिक कार्यक्रमहरुको पनि प्रस्तुति रहेको थियो । पौष २५,२०७६