24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

भारतद्धारा सार्वजनिक नेपाली नक्सा तत्काल सच्याउ सरकार: मानव अधिकार तथा शान्ति समाज नवलपुर

- Advertisement -Flowers in Chania

कावासोती,-बिबेक भण्डारी । भारतले सार्वजनिक गरेको नक्सा तत्काल सच्याउन मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा नवलपुरले माग गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यलय नवलपुर मार्फत प्रधानमन्त्रीको कार्यलयमा श्वेत पत्र बुझाउदै भारतले गरेको अतिक्रमित नक्सा तत्काल सच्चाइ उठि रहेको विवाद सरकारले मिलाउन माग गरेको छ ।
समाजले जारी गरेको श्वेतपत्रमा भारतले केही महिना अघि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको नक्साले समग्र नेपाली स्वाभिमानमा आघात पु¥याएको बताउदै हालै सार्वजनिक गरेको नक्सा तुरुन्त सच्याउन, अतिक्रमित नेपाली भूभागबाट भारतिय सेना समेत फिर्ता गर्नु पर्ने आह्वान गरेको छ ।
यस्तै मानव अधिकार तथा शान्ति समाजले भारतीय प्रधानमन्त्रीसंग छलफल अघि बढाई विवादिन विषयलाई हल गर्न समेत आग्रह गरेको छ । मानव अधिकार तथा शान्ति समाजका नवलपुरका सभापति माधव प्रसाद गौतमको नेतृत्वमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव एवम प्रदेश प्रमुख श्यामसुन्दर पराजुलीको टोलीले जिल्ला प्रशासन नवलपुरका निमित्त प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा गौतमलाई ज्ञापन पत्र बुझाएका थिए । पुस-२५, २०७६

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्