27 C
Kathmandu
Wednesday, August 4, 2021

अपाङ्गलाई कावासोती वडा नम्बर ६ को न्यानो साथ

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती,-बिबेक भण्डारी । कावासोती वडा नम्बर ६ ले २९ जना अपाङ्गहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाले उक्त वडामा रहेको शिव मन्दिर अपाङ्गता स्वाबलम्बन समुहका अपाङ्गहरुलाई न्यानो कपडा वितरण गरेको हो । कावासोती ६ का वडा अध्यक्ष हेम प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा २७ जना अपाङ्गहरुलाई ज्याकेट वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष पाण्डेले वडाको समग्र विकास संगै अपाङ्गहरुलाई पनि वडाले हेर्नु पर्छ भन्ने उद्धेश्यले सानो सहयोग वडाले गरेको बताए । उनका अनुसार आफ्नो वडाले आगामि दिनमा अपा·हरुका हक अधिकारका लागि वडाले पनि भुमिका खेल्ने गरि काम गर्ने बताए। आयोजित न्यानो कपडा वितरण कार्यक्रम शिव मन्दिर अपा·ता स्वाबलम्बन समुहका अध्यक्ष गोमा नेपालीको अध्यक्षतामा आयोजना गरिएको थियो । पुस-२५,२०७६

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्