27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 12:07

TRENDING .

राष्ट्रिय सभामा ४५ उम्मेदवार प्रतिस्पर्धामा

- Advertisement -

काठमाडौं, राष्ट्रियसभाको आगामी माघ ९ गते सम्पन्न हुने निर्वाचनमा विभिन्न ४५ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग लिने भएका छन्। राष्ट्रियसभाको एक तिहाइ पदमा हुने चुनावमा मनोनयन पत्र दर्ता गराएका ४५ जना मध्ये कसैले पनि आफ्नो नाम फिर्ता नलिए पछि प्रतिस्पर्धामा सहभागी हुने उम्मेदवारको टुंगो लागेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार सातवटा प्रदेशमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका ४५ जना उम्मेदवारको नामावली प्रकाशन भएको थियो ।
प्रवक्ता श्रेष्ठले मनोनयन पत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको बताए। आयोगले उम्मेदवारी दिएका ४५ जनाकै अन्तिम नामावली शुक्रबार प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगबाट चुनाव चिह्न पाए सँगै उम्मेदवारहरू चुनावी प्रचारमा लाग्ने छन्। राष्ट्रियसभाको एक तिहाइ पदमा हुने निर्वाचनमा भाग लिन आयोगमा विभिन्न ११ वटा राजनीतिक दल आयोगमा दर्ता भएका थिए । प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ पद रिक्त हुने व्यवस्था बमोजिम आगामी माघ २० गते देखि १८ निर्वाचित र एक मनोनित गरी १९ पद रिक्त हुँदैछ ।
उक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार रिक्त हुने १९ पद मध्ये एक मनोनित पद हो भने १८ पदमा सवै क्लस्टर र खुला गरि एक एक जना छन् । जस अनुसार प्रदेश १ मा महिला क्लस्टरबाट १ जना, खुलाबाट १ जना, दलित क्लस्टरबाट १ जना गरि तीन जनाको निर्वाचन हुनेछ। त्यसै गरि प्रदेश २ बाट महिला क्लस्टरबाट १ जना, अपांग अल्पसंख्यक क्लस्टरबाट १ जना, दलित क्लस्टरबाट १ जना र खुला तर्फ १ जना गरी चार जनाको निर्वाचन हुनेछ । प्रदेश ३ मा खुला तर्फ १ जना, महिला क्लस्टरबाट १ जना गरी दुई जनाको निर्वाचन हुनेछ ।
गण्डकी प्रदेशबाट महिला क्लस्टरबाट १ जना र खुला तर्फ १ गरी दुई जनाको निर्वाचन हुनेछ। प्रदेश ५ बाट महिला क्लस्टरबाट १ जना, अपांग अल्पसंख्यक क्लस्टरबाट १ जना र खुला एक जना गरि तीन जनाको निर्वाचन हुनेछ । सुदुरपश्चिम प्रदेशबाट महिला क्लस्टरबाट १ जना र खुला तर्फ १ जना गरि २ जनाको निर्वाचित हुनेछ । कर्णाली प्रदेशमा महिला १, अपांग १ गरी दुई रिक्त पदमा निर्वाचन हुँदैछ भने मनोनित तर्फ रिक्त हुने एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छिन् । पुस-२५, २०७६

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

सुस्तामा र प्रतापपुरमा गरियो स्वाब(पिसिआर) परिक्षण

श्याम थापा । त्रिबेणाी , पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब(पिसिआर) परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य...

शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते, एकको हात र एकको पाखुरा भाँचियो

परासी ।पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते भएका छन् । जिल्लाको सिमावर्ति पाल्हीनन्दन गाउँपालिका वडा ५ को भगतपुरवाँ गाउँ नजिक...

विपत्तिमा परेकाहरुको उद्दारमा लाग्न काँग्रेस नवलपुरको आग्रह

कावासोतीनेपाली काँग्रेस नवलपुरले आफ्ना कार्यकर्ताहरुलाई आपत्तिमा परेका नागरिकहरुलाई सहयोग गर्न र राहत वितरण गर्न सक्रियरुपमा लाग्न आग्रह गरेको छ ।यस बिषम परिस्थितिमा...

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण, संक्रमितकाे संख्या ३० पुग्याे, संक्रमित १२ जनालाइ लगियाे विराटनगर काेराेना अस्पताल

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा एकैदिन देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्