27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

कावासोतीमा विपन्न वर्गका परिवारलाई ग्यास सेट

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपुर,-हुलाकी संवाददाता । कावासोतीको गैरीमा विपन्न वर्गाका २५ जना घर परिवारका उपभोक्ताहरुलाई एक सेट ग्यास चुलो वितरण गरीएको छ । नमुना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १० औँ वार्षिक साधारण सभामा सो सामाग्री वितरण गरिएको हो । शुक्रबार नमुना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। सस्थाकी सचिव द्रौपदी गुरौले आफ्ना न्युन आर्थिक स्थिति भएका उपभोक्ताहरुलाई सो सामाग्री वितरण गरिएको जानकारी दिईन् ।

कार्यक्रममा बोल्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपा खेतीले काम गर्दा ३ कुरालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । प्रमुख संरक्षण अधिकृत रुपा खेतीका अनुसार मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गर्ने त्यस पछि चितवन राष्ट्रिय निकुञ्जमा आएका रातो किताबको वार्षिक कार्यक्रम र उपभोक्ता समितिमा आएको करिव १३ करोड ६० लाख जतिको रकम निकुञ्जका उपभोक्ता समितिमा जाने बताउदै त्यसमा पनि २२ वटा उपभोक्तामा जाने बताएका छन् । वन क्षेत्रमा गरिएका विभिन्न क्रियाकलापले वन्य जन्तुमा असर पर्ने भएकाले वन क्षेत्रलाई वातावरण मैत्री बनाउनु पर्नेमा प्रमुख संरक्षण अधिकृत रुपा खेतीले जोड दिए ।
पहिलेको चौर बनेको क्षेत्रमा अहिले हराभरा जंगल भएको बताउदै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख पूर्णेश्वर सुवेदिले उपभोक्ताहरुको निकै मेहनत रहेको बताएका छन् । साथै प्रमुख सुवेदिले उपभोक्ताहरुका लागी डिभिजन वन कार्यालयमा काठ दाउराहरु प्रशस्त रहेको बताउदै आवश्यकता अनुसारका काठ दाउराहरु सुलभ मुल्यमा लानको लागी डिभिजन वन कार्यालयमा सम्पर्क गर्नु पर्ने बताएका छन् ।
काठ दाउरा लिनका लागी नगरपालिकाको सिफारीस सहित निवेदन लिएर आएको खण्डमा कार्यालयले उपभोक्ताहरुलाई काठ दाउरा उपलब्ध गराउने बताए । कार्यक्रममा बोल्दै कावासोती नगरपालीका वडा नं. १२ का वडाध्यक्ष खेम प्रसाद काफ्ले, लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेल, शान्ती निकुञ्ज वन उपभोक्ता समुहका अध्यक्ष नन्दराज घले लगायतले उपभोक्ताहरु मिलेर वन क्षेत्रको संरक्षण गर्नु पर्ने बताएका छन् । बोल्नु पर्ने बेलामा केही नबोल्ने पछाडि कुरा काट्ने गर्न नहुने भन्दै सकारात्मक कुराहरुमा साथ र सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।
कावासोती नगपालीका ७, १२ र १३ नं. वडाका उपभोक्ताहरु रहेको यस उपभोक्ता समुहमा ४८ धनि, १ सय ८६ मध्यम, ३ सय ४५ गरीव र २ सय ४७ घर धुरी गरी जम्मा ८ सय २६ घर धुरी रहेको अध्यक्ष खिल बहादुर गुरुङले जानकारी दिदै वार्षिक प्रगति प्रतिवेदन पेश गरेका छन्। अध्यक्ष गुरुङले वनको क्षेत्रफल ४ सय ५ हेक्टर रहेको भन्दै यस वन क्षेत्रमा घासे मैदान र ७५ हेक्टर सिमसार क्षेत्र रहेको जानकारी दिए ।
अध्यक्ष गुरुङले वनमा पाईने वनस्पति प्रजाती तथा वन्य जन्तु प्रजातीका बारेका जानकारी दिएका छन् ।
जैविक विविधताको संरक्षण तथा वन्य जन्तुको वासस्थान विस्तार गर्ने, मानव र वन्य जन्तु विचको द्धन्द न्यूनिकरण गर्ने, वनको विकास, संरक्षण, व्यवस्थापन र सदुपयोगबाट स्थानीय उपभोक्ताको दैनिक उपभोगका वन पैदवार सहज र सरल रुपमा आपूर्ती गरि वन पैदवारका लागी निकुञ्ज क्षेत्रमा पर्ने चापलाई कम गर्ने, पर्यापर्यटन प्रवर्धन र विकास गर्ने, विपन्न मुखि कार्यक्रम संचालन गरी गरिब निवारणमा सहयोग गर्ने लगायतका उद्धेश्य रहेको अध्यक्ष गुरुङको भनाई छ । अध्यक्ष गुरुङले संचालन तथा सम्पन्न गरएिका कार्यक्रमहरुका बारेमा जानकारी गराउदै प्रस्तावित वार्षिक कार्ययोजना, कार्य सम्पादनका चुनौती लगायतका विषयमा जानकारी दिएका थिए ।
कोषाध्यक्ष धन बहादुर घलेले आर्थिीक प्रतिवेदन पेश गर्दै आर्थीक वर्ष २०७५÷०७६ को प्राप्ती तथा भुक्तानी विवरणका वारेमा जानकारी दिएका थिए । अध्यक्ष र कोषध्यक्षले पेश गरेको प्रतिवेदनमा सहमती जनाउदै उपभोक्ताहरुले ताली बजाएर प्रतिवेदन पास गरीएको नमुना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहकी सचिव गुरौले जानकारी दिईन् । पुस-२५ , २०७६

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्