27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 07:19

TRENDING .

वि.पि. विचार र वर्तमान सन्दर्भ

- Advertisement -

बिष्णु पाण्डे
पृष्ठभुमीः
प्रथम विश्वयुद्धको समाप्ती र दोश्रो विश्वयुद्धको सुरुताका भारतमा स्वतन्त्रताको आन्दोलन सक्रिय रुपमा बढिरहेको बेला नेपालमा पनि चेतनाको पहिलो स्पर्शले छायो। नेपालको शासन पद्धतीमा चन्द्र शमशेरले बागडोर समालेको कालमा कृष्ण प्रसाद उपाध्याय (कोइराला) पूर्वी २ नं. को दुम्जाबाट पूर्वी तराई मोरङमा बसाई गए र जंगलै जंगल भरिएको मलेरियाले ग्रस्त भुभाग “गोग्राह” लाई औद्योगिक र व्यापारी नगर विराट नगर बनाउन सफल भए। यसै व्यापारिक शिल शिलामा भारतको स्वतन्त्रता आन्दोलनमा संलग्न व्यक्तिहरुसँगको उनको सम्पर्क स्थापित हुदै जादा “अशिक्षा र अज्ञानतामा रुमलिरहेको जनता बिकास बाहक बन्न सक्दैन।” देश विकासका लागि पहिलो खुड्किलो शिक्षा हो भन्ने प्रष्ट धारणा बन्यो र ग्रोग्राहमा विद्यालय खोली भारतमा भुमिगत रहेकाहरुलाई नेपालमा शिक्षक बनाई आस्रय दिई शिक्षा विकासमा लागे।
त्यसै गरी नेपालमा महिला शसक्तिकरण नै विकासको मूल अर्को पाटो हो भन्ने धारणाबाट कृष्ण प्रसाद कोइरालाले श्री ३ चन्द्र शमशेरलाई पत्र पठाए। पत्रमा लेखिएको रहेछकी नारीहरुले पनि पुरुष अनुसार अवसर पाउनु पर्छ। तिनीहरु सधै उपेक्षित रुपमा बस्नु भनेको मुलुकले कहिल्यै उन्नती गर्न नसक्नु हो। त्यसैले महिला उत्थानको लागि एक महिला समिति गठन गरी त्यसको संरक्षक÷अध्यक्ष महारानी बालकुमारीले ग्रहण गरिदिएमा संघले सफलता प्राप्त गर्न र नारी उत्थानमा सहयोग पुग्ने कुरा लेखी चन्द्र शमसेर र महारानी बालकुमारी दुवैलाई छुट्टाछुट्टै पत्र पठाइदिए। यसरी पठाएको पत्र पढी महारानीले आफु महिला अध्यक्ष भई महिला समिति खोल्न स्वीकृति दिइन। तत्पश्चात वि.सं. १९७४ साल असारमा चन्द्र शमसेरको श्रीमती बालकुमारी अध्यक्ष र कृष्ण प्रसाद कोइरालको श्रीमती दिव्या कोइराला सचिव रहेको महिला समिति गठन भयो।
यस्ता विकास प्रेमी र दिर्घ सोच रहेका पिता कृण प्रसाद कोइराला र माता दिव्या देवी कोइरालाको कोखबाट वि.सं १९७१ साल भाद्र २४ गते जन्मेर नेपाली काँग्रेसको इतिहासमा सधै केन्द्रबिन्दुमा रहेर जिम्मेवारी बहन गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सफलता पु¥याउने व्यक्ति हुन वि.पि. कोइराला।
बनारस हिन्दु विश्व विद्यालयबाट वि.ए. तथा कलकत्ता विश्व विद्यालयबाट वि.एड. गरेका भारतमा रहदा युवा पुस्ताको नेतृत्व गर्दै वृटिश उपनिवेशको विरोधमा जेल जीवन भोगेका थिए। उनलाई हेर्दा राजनितिक दृष्टिले मात्र हेरियो भने उनको साहित्यीक कला क्ष्ोत्रको विशिष्टता गुम्न सक्छ। त्यसैले वि.पि. लाई राजनैतिक क्षेत्रका प्रणेता मात्र नभनी साहित्यीक क्षेत्रमा समेत त्यतिकै महत्वपुर्ण छ भन्ने उनको साहित्यिक कलामा प्रकाशित पुस्तकहरुले प्रमाणित गर्दछ ।

वि.पि. र राजनैतिक घटनाक्रम
३ बि.सं. २००३ फागुन २१ मजदुर आन्दोलन ः
नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापना पश्चनत विराटनगर जुट मिलमा कार्यरत कर्मचारीहरुले देशमा भएको शोषण र दमन विरुद्ध उत्रियको मजदुर आन्दोलनले मजदुर युनियनको गठन, बिमा, बोनसको माग दाख्दै आन्दोलन गरे जसको नेतृत्व गिरिजा पसाद कोइरालाले गरेका थिए। आन्दोलनलाई सहयोग गर्न आएको वि.पि. कोइराला, गिरिजा प्रसाद कोइराला, गेहेन्द्र, हरि शर्मा लगाएत लाई १२ चैत्रमा पक्राउ गरी धनकुटा लग्यो र भालीपल्ट अड्डासार गर्दै वि.पि. लगाएत केहीलाई काठमाडौं जेल चलान त कोही उही धनकुटा। यसरी मजदुर आन्दोलनबाट सुरु भयो।
३ वि.सं. २००७ सालको क्रान्तिः–
अहिंसात्मक आन्दोलनबाट जनताको सर्वोच्वताको प्राप्त हुन नसक्ने परिस्थितीको मूल्याङ्कन गरी आन्दोलनलाई शसक्त बनाउन नेपाली कांग्रेसले २००७ साल असोज १०–११ गते रौतहटको सिमानामा पर्ने वैरगानियामा रणनैतिक सम्मेलन आयोजना ग¥यो। यस सम्मेलनले राणशासनको अन्त्यको लागि आवश्यक परे बन्दुक समेत उठाउने निर्णय ग¥यो र यसको कमाण्डर पाटी सभापति मातृका पसाद कोइरालालाई बनाई भित्री बागडोर वि.पि. कोइराला र सुवर्ण शमसेरले जिम्म लाए।
यसरी शशस्त्र क्रान्त्रिको पुरा तयार भइसकेपछि कार्तिक २१ गते राजा त्रिभुवनले मावलीमा रहेका नाती ज्ञानेन्द्र बाहेक सपरिवार गद्दी त्याग गरीदिल्ली पसे। यता राणहरुले मावलीमा रहेको ज्ञानेनद्रलाई गद्दीमा राखी शासन सञ्चालन गर्दै गर्दा देशै भरी आक्रमण भयो। यसरी राण शासन विरुद्धको क्रान्तिको ज्वालाबाट आतिएका शासकहरु आप्mनो श्रीपेच उतारी भारतमा रहेका त्रिभुवन सँग त्रिपिक्षीय वार्ता चलाए। गन्तत्तगत्वा १०४ वर्षको राण शासनको अन्त्य र जनताको प्रतिनिधिहरु समेतको सरकार बन्दै र मुलुकको शासनभार प्रजातान्त्रिक ढुंगेबाट चल्ने कुराको सहमती बमोजिम क्रान्तिहरुले परिस्थिती बमोजिम युद्ध बन्द गर्ने कुरा स्वीकार गरी सहमतीलाई राजा त्रिभुवनद्वारा २००७ साल फागुन ७ गते शाही घोषणा सार्वजनिक÷ यसरी त्रिपक्षीय रुपमा सरकारको गठन भएको थियो।
३ वि.सं. २०१५ सालः
२००७ सालको क्रान्ति र पछि सरकार गठनले जनमासभा एक प्रकारको तरङ्ग पैदा ग¥यो। अब नेपालमा प्रजातन्त्र आई राणाहरुको शासनको अन्त्य भयो भन्ने भएपछि प्रतिगामी तत्वहरुले ष्डयन्त्र रच्न थाले एकातिर भने अर्को तिर भिन्न आदर्श मान्यता र संस्कार बोकेका हरु बिच तालमेल हुन सकेन र सरकारबाट फिर्ता भयो। २००७ कार्तिक २६ गते।
यसरी निरन्तर सत्याग्रह मार्फत नेपाली कांग्रेसको आन्दोलनको दबाबले राजाले २०१५ साल फल्गुण ७ गते बाट संसदको निर्वाचनको घोषणा गरिदिए। राजाबाट संसदको निर्वाचनको घोषणा भएपछि सहभागी हुने कि नहुने नेपाली कांग्रेस भित्र ठुलो छलफल र बहस पश्चात नेपाली कांग्रेसले भाग लियो। वि.पि. दुरदर्शि र कार्यकर्ताको क्षमता पहिचान गर्न सक्ने थिए र सोही बमोजिमको टिकट वितरण र व्यापक खटाइका बाबजुद १०९ सिट मध्ये ७४ सिट नेपाली कांग्रेसले प्राप्त गरेपछि विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा मा नेपाल प्रथम जननिर्वाचित सरकार बन्यो।
यस सरकारले आम निर्वाचनमा जनतासँग गरेको कबुल अनुसार दुखी जनताको उद्धार गर्ने र देशलाई विधिको शासनको प्रत्याभुत गराउने गरी तपशिलको कार्य ग¥यो।
१) स्वतन्त्र र निश्पक्ष न्यायलयको स्थापना २) प्रशाशनिक सुधार ३) भष्ट्रचार विरुद्धको अभियान
४) विकेन्द्रीकरण कार्यक्रमका लागि जिल्ला जिल्लामा विकास बोर्ड गठन ५) कर्मचारीको तलब वृद्धि
६) विर्ता उन्मूलन ऐनको व्यवस्था ७) सम्पत्तिकरको व्यवस्था ८) जंगलको राष्ट्रियकरण
९) मुद्रा प्रचलनमा एकरुपता १०) शान्ति सुरक्षाको प्रत्याभुति ११) राष्ट्रिय योजना समिति गठन
१२) राज्य रजौटा उन्मूलन १३) सहकारी संस्थाहरुको गठन १४) ग्रामिण विकासको सुरुवात
१५) राजमार्गको सर्वेक्षण, हवाइ यातायातको विस्तार र पुलहरुको निर्माण
१६) सिंचाई तथा कृषि विकास क्षेत्रमा परियोजना सुरु १७) मुलुकभरी विद्यालयहरु
१८) देशको प्रथम विश्वविद्यालयको स्थापना १९) चिनी र चुरोट कारखाना स्थापना
वि.पि. को राष्ट्रिय एकता र मेलमिलाप
हुनत आजकाल तत्कालिन सत्ता राजनितिको अभिष्ट वा ध्ययको पूर्ति वा प्रप्तिका लागि समय समयमा राजनितिक दल र नेताहरुले विभिन्न दल मोर्चा वा समुह बिच हुने उचित अनुचित सबैखाले गठबन्धनको निर्णय र चरित्रलाई समेत वि.पि.को मेलमिलाप नीति कै रुपमा बुझाउने र बुभ्mने गरेको पाइन्छ। वास्तवमा वि.पि. को मेलमिलापको नीति केवल सत्ता प्राप्ति, सरकार वा सत्ता टिकाउ र समग्रमा भन्नु पर्दा सत्ताको सिद्धि वा भ¥याङ्ग होइन र थिएन । त्यो त राष्ट्रवादी र प्रजातन्त्रवादीहरुको बिचको एकता थियो जसबाट बलियो नेपाली राष्ट्रियताको जंगमा प्रजातन्त्रको सुन्दररुपी बगैचाले सबै नेपालीहरुका माझ कुनै भुगोल, जाति, वर्ग, लिङ्ग वा क्षेत्रमा बिना भेदभाव स्वास्थ्य सेवा, प्रभावकारी आर्थिक नीति योजना र कार्यक्रम असल शिक्षा र चेतनाले सम्वृद्धिको सुवास छर्न र समतामुलक समाज निर्माण गर्न सकिन्छ भन्ने हो ।
“प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउंछ, त्यस देशका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर मुलुकको अस्तित्व रक्षा गर्नु पर्दछ ।” भन्ने वक्तव्य दिएर विपि आफ्ना सहयोगीहरु –गणेशमान, शैलाज लगाएत……..) संग स्वदेश फर्किए किन भने विपि माथि फासीको सजाय सम्म हुन सक्ने ८ वटा गम्भीर मुद्धा लागेका थिए । थुप्रै शुभ चिन्तकहरुको स्वदेश नर्फकन दिएको सुझाबलाई वेवास्ता गर्दै प्रजातन्त्र बादीले राष्ट्रियता प्रति र राजाबादीहरुले प्रजातन्त्र प्रति ध्यान दिनु पर्छ भन्ने आशयले उनले त्यो जोखिम पुर्ण साहासी निर्णय लिएको बुझ्न सकिन्छ ।
त्यो ठीक त्यही समय थियो – जतीबेला स्वतन्त्र राष्ट्र सिक्कीममा राजा र प्रजातन्त्रबादीहरुको टकराबमा खेलेर भारतले जनमत संग्रहको आडमा स्वतन्त्र सिक्किम देश विश्वमान चित्रमा नामेट हुनेगरी भारतमा गाभेको थियो ।
भारतीय प्र.म. इन्दीरा गान्धीले एकातिर विपि लाई आश त्रास देखाएर नेपाल नर्फकाउने चाल चलिरहेकी थिईन । विपिलाई देखाएर राजा संग र राजालाई देखाएर विपिसंग वार्गिनिङ गर्ने उनको रणनितीक चालले विपि कोईरला आजित भईसकेको बुझ्न सकिन्छ । संसार कै ठुलो लोकतन्त्र भारतमा संकटकाल लापगु गरि तानाशाही अभ्यास गरिरहेकी इन्दीरा गान्धीले त्यही मौका छोपी नेपालको वैदेशिक निती र सुरक्षा अधिकार भारतलाई दिने भए विपिलाई नेपाली राजनितीकमा पुनः स्थापित गराईदिने प्रस्ताव ल्याईन । विपिले राष्ट्रियता संग सम्झौता गर्न नमानेपछि विपी प्रतिकोे भारतीय निती झन् झन् कडा हुदैं गयो । फर्किनु अघि विपीले कार्यकर्तामाझ भनेका छन् ः ‘राजा र हाम्रो स्वार्थ एउटै छ, राजा हुन देश चाहिन्छ, हामीलाई लोकतन्त्र ल्उयाउन पनि देश चाहिन्छ ’ देश नै हाम्रो साझा स्वार्थ हो । त्यसैले इन्दीरालाई रानी मानेर भारतमा बस्नु भन्दा जोखिम उठाएर भएपनि स्वदेश फर्किने निर्णयमा पुगेका थिए ।
भारत विपीलाई गोटी बनाएर नेपालको सार्वभौमिकता माथी हस्तक्षेप गर्न चाहान्थ्यो । इन्दीरा गान्धीको छलछाम र जालझेलबाट अपमानित महसुस गरिरहेका विपीले नेपाल फर्कने निर्णय गरे ।
राष्ट्रिय मेलमिलापको निती लिएर २०३३ साल पुस १६ गते विपी कोईराला नेपाल फर्कनु आफैंमा एक साहासिक निणय त थियो नै त्यो भन्दा पनि अझ महत्वपुर्ण विषय देशको सर्वभौमिकता र अस्तित्व रक्षा गर्नु पर्ने जिम्मेवारी वोध गरि विपी कोईरालाले भनेका छन् – राजा र मेरो गर्धन जोडिएको छ । यो अभिव्यक्तीलाई लिएर कट्टरपन्थी पञ्चहरुले राजा संग आफुलाई तुलना गरेर विपीले घमण्ड गरे भन्ने विश्लेषण गरे भने कट्टर पन्थी कम्युनिष्टहरुले राजा वादीको आरोप लगाए । वास्तवमा विपी कोईरलाको त्यो अभिव्यक्ती न त घमण्ड थियो न त राजासंगको समर्पण नै । त्यो त उनको राष्ट्रियताको भावनाले राष्ट्रिय–अन्तराष्ट्रिय परिवेशको आंकलन साथ आएको एक दुरदर्शी राजनेताकोे अभिव्यक्ती थियो । विपीको बुझाईमा राज संस्था अपरिहार्य थिएन लोकतान्त्रीक राज्य व्यवस्था र लोकतान्त्रीक मुल्य मान्यता बाट निर्मीत जन उत्तरदायी शासन प्रणाली मुख्य कुरा थियो ।
विपी तत्कालीन अवस्थामा शक्तीसन्तुलनको कारण परम्परागत शक्ती राजसंस्था र जनताको नयां शक्ती नेपाली कांग्रेस मिलेर राष्ट्रियताको रक्षा गर्दै देशलाई विकासको गतिमा अगाडी बढाउन सकिन्छ भन्ने मान्यता राख्दथे तर राजाले विपीको त्यो राष्ट्रियता र देश र जनता प्रतिको जिम्मेवारी बोधलाई बुझ्न सकेनन् । देश भित्रका शक्तिहरु एकता विना न देशको अस्तित्व रक्षा गर्न सकिन्छ नत देश मा समृद्धीको अभियान लाई अगाडि बढाउन सकिन्छ । भन्ने मान्यता मा विपी सधै अडिक रहेको बुझन सकिन्छ । विपी न राजावादी थिए न आफ्नो व्यक्तिगत महत्वकांक्षाका लागी संघर्ष गरिरहेका थिए । उनको एक मात्र स्वार्थ राष्टियता लोकतन्त्र र जनताको समृद्धि माग थियो ।
विश्व राजनीति र विशेष गरी दक्षिण एसियामा देखा परेको उथुलपुथुलको वातावरणले नेपालमा पनि यसबाट हुन सक्ने अनिष्टहरुको बारेमा विचार गरी वि.पि.ले राष्ट्रिय अस्तित्व माथिनै प्रश्नचिन्ह लाग्न सक्ने अवस्थाको अनुभव गरी वि.सं. २०३३ साल पौष १६ गते अपिल प्रकाशित गरी देशमा राष्ट्रिय एकता र मेलमिलापको आव्हान गर्नुभयो।
वि.पि. को दृष्टिकोण र वर्तमान अवस्था
३ राष्ट्रियताः
नेपालको राजनितिमा छिमेकी र राष्ट्रहरुको प्रभाव पर्नु स्वभाविक मानिन्छ। जब भारतमा नेताहरुको शेषपछि सत्ता समोलेकी छोरी इन्दिरा गान्धि नेपाललाई सिक्किम बनाउन चाहन्थिन। भारतमा सिक्किम विलय लगतै नेपालको तराइको भुभाग भारतमा गाभ्नु भन्ने आदेश गरेकी थिइन। त्यतीबेला भारतको इमेरजेन्सीले रोक्यो। अहिलेको एक मधेश र एक प्रदेशको नारा त्यतीबेला इन्दिराले रोपेको बिउ हो भन्ने आधार देखिन्छ। भारतको प्रवाह ग्रहण गर्दा यो तथ्य ओझेल पर्न नहुने हो तर वि.पि. को शेषपछि “मुठ्ठीको माखो” बनाउने भारतको एक धारणा प्रतिरोध गर्ने क्षमता नेपाली कांग्रेसले गुमाउदै गयो। मुठीको माखो बनाउने धारणाले नेपाललाई जहिले पनि अस्थिरता, अशान्ति र गृहकलहले संक्रमणमा भुलाईरहेको हुन्छ। यो बुभ्mन नसक्नु कांग्रेसको नेतृत्वको कमजोरी देखिन्छ।
त्यस्तै गरी राष्ट्र र राष्ट्रियताको पक्षमा स्वयं वि.पि. कोइरालाद्वारा छिमेकी शक्तिशाली राष्ट्र चिनले सगरमाथा चिनको भुभागमा पर्दछ भनेर वक्त्व्य प्रकाशित गर्दा चिनका सरकार प्रमुख माओ लाई प्रत्यक्ष भेटी सगरमाथा नेपालको भुभागमा रहेको निष्पक्ष र प्रष्ट अडान राख्ने नेताको पाटी हाल आएर त्यस्तै अर्को शक्तिशाली छिमेकी राष्ट्र भारतले हालै नेपाली मिच्ने जस्ता गतिविधिमा पाटीको प्रष्ट नीति राष्ट्रियताको सवाललाई आझेलमा पार्नु पनि वि.पि. द्वारा मार्गदर्शन गरिएको राष्ट्रियताको मुल मर्म र सिद्धान्त भित्र हिडन नसक्नु प्रष्ट देखिन्छ वा भनौ नेतृत्वले वि.पि.को सिद्धान्त अनुरुप पाटी सञ्चालन गर्न नसकेको कुरा टड्कारो रुपमा अनुभुती भैरहेको छ जुन जीवन्तताको लागि चुनौती देखा पर्दछ।
३ समाजवादः
नेपाली कांग्रेसको २०१५ सालको घोषणापत्रमा वि.पि. ले लेख्नुभएको थियो कि १५ वर्षमा हेरक नेपालीको घरमा एउटा गाई गोठमा हुनेछ। हरेक बालबच्चाले र वृद्धवृद्धाले दुध खान पाउनेछन। धनी र गरीब सबैका छोराछोरीले समान स्तरको शिक्षा र स्वास्थ्य सुविधा पाउनेछन। गास, बास र कपासका लागि कसैले पनि अर्काको मुख ताक्नुपर्ने छैन।
त्यस्तै गरी देशको विकासको लागि पहिला कृषि क्रान्तिमा जानु पर्छ। कृषि क्रान्तिले जनतालाई गास बास र कपासमा आत्म निर्भरता बनाउछ अनि मात्र औद्योगिक क्रान्तिमा जानुपर्छ। औद्योगिक क्रान्तिमा जानुपर्छ। औद्योगिक क्रान्तिका लागि विदेशी लगानी चाहिन्छ। यसले परनिर्भरता बढाउछ। परनिर्भरताले स्वतन्त्रता गुम्छ। स्वतन्त्रता र एकता एक अर्कामा पर्यायवाची हुन।विकासले स्वतन्त्रतालाई बलियो पार्छ र स्वतन्त्रताले विकासको सम्भावनाको ढोका खोल्दछ। जबसम्म औद्योगिक क्रान्तिको भार सरकारले थेग्न सक्दैन तबसम्म धनी र गरीब बिचकोे खाडल झन झन गहिरो हुदै जान्छ। चारलेनका सडक, ठुला ठुला सडक र फामले बनेका घर अपार्ट महल अहिले हामीलाई चाहिदैन। अहिले त विकाश र आत्मनिर्भर हुन आवश्यक कच्चा पदार्थ जल, जमिन र जङ्गलको सदुपयोगले नै जनता आत्मनिर्भर भई नेपाललाई परनिर्भरताबाट जोगाउने नीतिलाई वर्तमान नेतृत्वले वि.पि.को रातको सपना बनाई नेपाली जनतालाई आत्मनिर्भरता बनाउने तर्फ भन्दा पद प्राप्ति र सत्ता टिकाउने तर्फ लागेको आम जनता कार्यकर्तालाई महसुस भएको छ।
३ लोकतन्त्रः
वि.पि. द्वारा प्रस्तावित संविधान सभाद्वारा सविधान निर्माण गरी राष्ट्रलाई संचालन गर्ने मापदण्ड अनुरुप राजा त्रिभुवनद्वारा दिल्लीबाट फर्कनेक्रममा गरिएको सम्बन्धमा विधि र विधानमा आधारित पार्टी हो भन्ने बुभ्mन सकिन्छ तर हालै यता आएर पार्टी नेतृत्वमा रहेकाहरुले पार्टी सञ्चालन गर्ने क्रममा पार्टीको विधि र विधानलाई मात्र नभई समग्र कार्यकर्ता पक्तिलाई लाई नै आप्mनो भजनमण्डली वा कठपुतली बनाउन तल्लिन रहेको देखिन्छ । यसरी पार्टी विद्यान अनुरुप विभिन्न समितिको पार्टी निर्माण गर्ने क्रममा पाटीमा निष्ठावान ढगंले लागेका सदस्यहरुलाई पन्छाउदै भजन मण्डलीको केन्द्रको रुपमा विकसित गर्न खोजिएको देखिन्छ।
वि.पि. आदर्शवादी नेता थिए। आदर्शवादी उनको वटमलाइन मात्र थियो , तर पाटी सदस्यहरुको को संग के क्षमता छ सोको पहिचान गरी सोही बमोजिम जिम्मेवारी बाडफाड र नेतृत्व दिन्थे तर आजका नेताहरु को मान्छे आफुसँग नजिक छन् सो को पहिचान गरी जिम्मेवारी दिने प्रवृति हावी भएकोले स्थानीय निर्वाचनमा अपेक्षाकृत परिणम नआउनु पार्टी संगठन अलोकप्रिय बन्दै गएको चुनौती देखिन्छ । ¬जय नेपाल ।
बिष्णुदेवी पाण्डे
अध्यक्ष
वि.पि. अध्यापन प्रतिष्ठान, नवलपुर
एवम्
नेपाली काँग्रेस जिल्ला सल्लाहकार

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

काठमाण्डौमा अलपत्र गांउ फर्किए,गाउं फर्कन लिखित अनुमति

घनश्याम बगाले । नवलपुर । लकडाउनका कारण काठमाण्डौमा अलपत्र नवलपुरको पहाडी क्षेत्रका बासिन्दा बुधबार आफ्नै गाउं फर्किएकाछन् । नेपाली कांग्रेस महामन्त्री एवं...

विपत्तिमा परेकाहरुको उद्दारमा लाग्न काँग्रेस नवलपुरको आग्रह

कावासोतीनेपाली काँग्रेस नवलपुरले आफ्ना कार्यकर्ताहरुलाई आपत्तिमा परेका नागरिकहरुलाई सहयोग गर्न र राहत वितरण गर्न सक्रियरुपमा लाग्न आग्रह गरेको छ ।यस बिषम परिस्थितिमा...

प्रदेशस्तरीय आइसिटी क्विजको उपाधि शिव मावि नवलपुरलाई

पोखरा, १३ फागुन । क्यान महासंघ कास्कीद्वारा आयोजित हिमालयन कम्प्युटर रनिङशील प्रदेशस्तरीय क्विज प्रतियोगिताको उपाधि शिव मावि नवलपुरले जितेको छ । पोखराको...

पीडित माथि राजनीति नगरिदिनुस्

धनु भुसाल कावासोती । हुप्सेकोट गाउँपालिकामा माघ ७ गते गाउँपालिकाको ग १ ज ३८०९ नम्बरको जीपले ठक्कर दिदा बालकको...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्