27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 06:13

TRENDING .

अब पर्दैन लाइनमा बस्न,अनलाइनबाटै पुलिस रिपोर्ट

चालचलन प्रमाणपत्र सम्बन्धी जानकारी

- Advertisement -

चारित्रिक प्रमाणपत्रको अनलाईन मार्फत दरखास्त दिनको लागि निम्न लिंकमा क्लिक गर्नुहोस् 

Click Here

काठमाडौं l पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् ।

नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस रिपोर्ट दिनसमेत अन्त्य गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा  महेश्वर गौतमले लेखेका छन् । पुस-२१, २०७६

चालचलन प्रमाणपत्र सम्बन्धी जानकारी

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई निम्न कार्यविधिका आधारमा चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ । चारित्रिक प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी,  महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर,  नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, ६ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेको फारम वा तल दिईएको लिङ्कबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । यसरी प्राप्त निवेदन फारम निवेदक आफैले  भर्न सकिने छ । स्वदेशमा भएका नेपाली नागरिकहरुका लागि (चारित्रिक प्रमाणपत्र)
विदेशमा रहेका नेपाली नागरिकहरूका लागि (चारित्रिक प्रमाणपत्र)  Character Verification Report (for Refugees) Character Verification Report (for Foreigners)

स्वदेशमा भएका नेपाली नागरिकहरुका लागि निवेदकले आफ्नो चालचलन बुझ्नको लागि प्रहरी प्रधान कार्यालय चालचलनशाखाका उपशाखाहरू : रानीपोखरी,  महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, ६ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय, अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी मा निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन बुझाउनेहरूको निवेदन दर्ता गरी निवेदकको अपराधिक अभिलेख जाँच गर्न सोही दिन पठाइने छ । अभिलेख जाँच भई निवेदनहरू फिर्ता आएपछि रूजु भई ठीक भएको पाइएमा सम्बन्धित अधिकारीको दस्तखत भएपछि उक्त प्रहरी चारित्रिक प्रमाणपत्रहरू वितरणका लागि सम्बन्धित दर्ता केन्द्रहरूमा पठाइने छ र चारित्रिक प्रमाणपत्र बुझ्न निवेदक आफै उपस्थित हुनुपर्नेछ । निवेदन दिएको ३ दिन भित्र चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने छ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:
क) राहदानी (Passport) को सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।
ख) नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।
ग) विवाहित महिलाको हकमा विवाह दर्ता सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।
घ) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।
ङ) कुबेतमा जाने नेपाली कामदारको लागि श्रम स्विकृती (वैदेशिक रोजगार विभागको स्विकृती तथा वर्क परमिट) को प्रमाणित प्रतिलिपी थान १ ।
* निवेदन वुझाउने समय :-  काठमाडौँ उपत्यकाका दर्ता केन्द्रको हकमा – शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।  ५ वटा क्षेत्रिय दर्ता केन्द्रहरूको हकमा – दर्ता आइतबार देखि बिहिबार विहान १०:०० बजे देखि १४:०० बजे सम्म तथा वितरण बिहिबार र शुक्रबार ।

( फाराम डाउनलोड )    

चालचलन प्रमाणपत्र सम्बन्धी जानकारी (विदेशमा रहेका नेपाली नागरिकहरूका लागि) विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधान कार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजाँच को लागि पठाईने छ । अपराधिक अभिलेख परिक्षण भई आएपछि ठीक रहेका पाइएमा निजलाई नेपालमा रहेको अवधि सम्मको प्रहरी चारित्रिक प्रमाणपत्र उपलव्ध गराईने छ र निवेदक स्वयं उपस्थित भई चारीत्रिक प्रमाणपत्र बुझी लानु पर्नेछ । निवेदन दिएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ । निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू:
क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
      १) पृष्ठ नं – २, ३ तथा ३१ ।
      २) अन्तिम पटक नेपाल छोडदाको Nepal Immigration Departure Stamp भएको पृष्ठ ।
ख) नागरिकताको प्रतिलिपी थान १ ।
ग) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।
घ) निवेदकको नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।
ङ) पासपोर्ट साइजको रंगीन फोटो थान २ । 
* निवेदन वुझाउने समय :- शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र । ( फाराम डाउनलोड )    

Character Verification Report (for Refugees) Foreign national, who wishes to obtain police report, may apply for the request at the Police Headquarters, Character Verification Section, Naxal, Kathmandu, Nepal. For Refugees, they are required to present themselves with their identity document and other documents under-listed.
The request application is available at the Nepal Police Headquarters, Character Verification Section, Naxal and Nepal Police official website www.nepalpolice.gov.np. All details provided will be treated as confidential.
Documents to be submitted with Application
     a. An attested Copy of Unexpired Refugee Travel Document.
     b. An attested copy of Travel Document with Arrival/ Departure stamp of Nepal Immigration Office while entering/leaving Nepal.
     c. An attested Copy of Refugee Card.
     d. A Letter from the related Refugee Camp.
     e. Passport size color photograph – 3 copies.

* Application Submission Time: 10:00 hrs to 14:00 hrs and 13:00 hrs for Friday except Saturday and Public Holidays. ( Click Here to download the form. )    Character Verification Report (for Foreigners) Foreign national, who wishes to obtain police report, may apply for the request at the Police Headquarters, Character Verification Section, Naxal, Kathmandu, Nepal. For those who are staying in Nepal, they are required to present themselves with the documents under-listed. For those who are out of Nepal, they are required to submit the documents under-listed by their representative or concern organization with their identity and letter of attorney.
The request application is available at the Nepal Police Headquarters, Character Verification Section, Naxal and Nepal Police official website www.nepalpolice.gov.np. All details provided will be treated as confidential.
Documents to be submitted with Application
     a. An attested copies of Unexpired Passport.
     b. An attested copies of Arrival and Departure (if Person is not in Nepal) stamp of Nepal Immigration Office on Passport while entering and leaving Nepal.
     c. A recommendation letter from the Applicant’s Organization.
     d. Passport size color photograph –3 copies.

* Application Submission Time: 10:00 hrs to 14:00 hrs and 13:00 hrs for Friday except Saturday and Public Holidays. ( Click Here to download the form. )

Note: For further inquiry, Please mail at: chalchalan@nepalpolice.gov.np or contact on +977 01-4412783.

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

सुस्तामा र प्रतापपुरमा गरियो स्वाब(पिसिआर) परिक्षण

श्याम थापा । त्रिबेणाी , पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब(पिसिआर) परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य...

शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते, एकको हात र एकको पाखुरा भाँचियो

परासी ।पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते भएका छन् । जिल्लाको सिमावर्ति पाल्हीनन्दन गाउँपालिका वडा ५ को भगतपुरवाँ गाउँ नजिक...

विपत्तिमा परेकाहरुको उद्दारमा लाग्न काँग्रेस नवलपुरको आग्रह

कावासोतीनेपाली काँग्रेस नवलपुरले आफ्ना कार्यकर्ताहरुलाई आपत्तिमा परेका नागरिकहरुलाई सहयोग गर्न र राहत वितरण गर्न सक्रियरुपमा लाग्न आग्रह गरेको छ ।यस बिषम परिस्थितिमा...

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण, संक्रमितकाे संख्या ३० पुग्याे, संक्रमित १२ जनालाइ लगियाे विराटनगर काेराेना अस्पताल

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा एकैदिन देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्