27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 09:43

TRENDING .

मोनीका श्रेष्ठ मेमोरियल ट्रष्टद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा

- Advertisement -

धनु भुसाल। नवलपुर, २० पुस । मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आईतवार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कावासोती नगरपालिका वडा नम्बर १ वालुवाडाडामा रहेको जलदेवी प्राथमिक विद्यालयका सम्पूर्ण १८ जना विद्यार्थीलाइ न्यानो कपडा वितरण गरेको हो । 
विपन्न, असहाय बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ की स्व. छोरी मोनीकाको स्मृतिमा ट्रस्ट स्थापना गरिएको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताउनुभयो । 

सोहि अनुसार ट्रस्टको पहिलो कार्यक्रम अन्तरगत वडा नम्बर १ को पहाडी क्षेत्रमा पर्ने जलदेवी प्राथमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने १८ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको संरक्षक श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर १ का वडा अध्यक्ष नारायण प्रसाद पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी एवं स्व. मोनीकाका पिता श्याम श्रेष्ठ, वडा सदस्य माया गुरुङ, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुक बहादुर विरकट्टा, विद्यालयका प्रध्यानाध्यपक सुमित्रा भुसाल, मोनीका श्रेष्ठ मेमोरियल ट्रष्टका सदस्य आस्था श्रेष्ठ, विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण पन्तले डेड वर्षिय छोरी मोनीकाको स्मृतिमा संचालन गरेको ट्रस्ट मार्फत विद्यार्थीहरुलाई गरेको सहयोगको प्रशंशा गर्नुभयो । आगामी दिनमा पनि ट्रस्टले विकटका वालवालिकाको शिक्षा स्वास्थ्यमा सहयोग गरोस भन्दै आफुले ट्रस्टको लागि सकारात्मक सहयोग गर्ने अध्यक्ष पन्तले बताउनुभयो ।

हिजोका दिनमा मठमन्दिरलाई नगद दिदै सहयोग गरेका दिनहरु स्मरण गर्दै ट्रस्टका सदस्य आस्था श्रेष्ठले अब ट्रस्ट मार्फत वालवालिकाको शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने बताउनुभयो । त्यस्तै यस विद्यालयलाई अब हरेक वर्ष दश हजार रुपौया प्रदान गर्ने घोषणा गर्दै सदस्य श्रेष्ठले बुवा श्याम श्रेष्ठ र आमा दिलकुमारी श्रेष्ठ(सविना) को आम्दानीको २० प्रतिशत ट्रस्ट मार्फत वालवालिकहरुलाई सहयोग गर्ने जानकारी दिनुभयो । 

चिसो बढेसंगै विद्यार्थीहरुलाई विद्यालय आउन र अध्ययन गर्न समस्या भएको अवस्थामा ट्रस्टले गरेको सहयोगले विद्यार्थीहरुलाई पढाईप्रति केन्द्रित हुन सहयोग पुग्ने विद्यालयले जनाएको छ । आदिवासी,जनजाती समुदायको बस्ती रहेको वालुवाडाडामा विद्यार्थीहरुलाई विभिन्न संघसस्थाको सहयोगमा पढाउदै आएको विद्यालयका प्रध्यानाध्यपक सुमित्रा भुसालले बताउनुभयो । अगामी दिनमा पनि ट्रस्ट मार्फतको सहयोगको अपेक्षा गर्दै न्यानो कपडा वितरणमा विद्यालयलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गनुभयो । कावासोती बजारबाट ११ किलोमिटर उत्तरमा पर्ने यस विद्यालयमा आदिवासी, जनजाती समुदायका वालवालिका अध्ययन गर्ने गर्दछन । यहा आर्थिक अवस्था कमजोर भएका करण कतिपय विद्यार्थी विद्यालय नआउने र विचैमा छोड्ने जस्ता समस्याहरु रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

नमस्कार गर्दा अहंकार नष्ट हुन्छ

हामी जब कसैसाग भेट गर्छौं, नमस्कार आदनप्रदान गर्छौं । आफुले मान्नुपर्ने व्यक्तिलाई हार्दिकतासाथ नमस्कार गर्छौं । कुनैपनि भेटघाटको पहिलो औपचारिक सुरुवात नै...

स्वस्थ र खुसी जीवनका लागि अनुशासित दिनचर्या

अनुशासन भनेको आफ्नो जीवनलाई सही र सार्थक ढंगले अगाडि बढाउने मार्गचित्र हो । यसैको परिधी र सीमाहरुमा रहेर हामी आफुलाई राम्रो बाटोमा...

योग : किन, कहिले र कसरी गर्ने ?

व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध...

मध्यविन्दु नगरपालिकाको १ करोड नवजागरण क्याम्पसलाई

कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसलाई एक करोड रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्