कावासोती l नवलपुर जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु बढ्दो क्रममा रहेको इन्सेक नवलपुरको तथ्याङले देखाएको छ । विहिवार नवलपुरको कावासोतीमा नेपाल मानव अधिकार वर्ष २०२० को पुस्तक सार्वजनीक तथा वार्षिक पूर्व समिक्षा कार्यक्रमा नवलपुर जिल्लामा मात्र ५० वटा मानव अधिकार उल्लंघनका घटना घटेको जानकारी गराएको छ। नागरिक तथा राजनीतिक अधिकार, बाल अधिकार, महिला हिंसा,आर्थिक सामाजिक हिंसा र अधिकारका विषयमा एक वर्ष सम्म भएका घटनाहरुको अभिलेख गर्दा नवलपुरमा एक वर्षको अवधिमा सबै भन्दा बढि नागरिक तथा राजनीतिक अधिकार गिरफ्तार सम्बन्धि मुद्धाहरु बढि रहेको इन्सेकका जिल्ला प्रतिनिधि तिर्थ राज डुम्रेले बताए । उनका अनुसार राज्य पक्षबाट १४ जना गिरफ्तार भएको, गैर राज्य पक्षबाट १ वटा हत्या भएको अभिलेखमा आएको बताए ।
यस्तै बाल हिंसा अन्तरगत बलत्कार र यौनजन्य व्यवहारको घटना १२ वटा र कुटपिट १ वटा रहेको इन्सेकको अभिलेखले जनाएको छ । महिला हिंसा अन्तरगत वलत्कार, यौन दुरव्यवहार अन्तरगत ८ वटा घटना रहेको जनकारी गराइएको थियो । इन्सककै बार्षिक अभिलेखिकरणको तथ्याङमा आर्थिक सामाजिकता सास्कृतिक अधिकार अन्तरगत सम्पति क्षति ७ वटा रहेको जनकारी गराइएको थियो । कार्यक्रममा नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, जिल्ला प्रहरी कार्यलय नवलपुरका एसपी मोहन पोख्रेल र पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रम इन्सेक नवलपुरकी सहजकर्ता ज्ञानु पंगेनीले कार्यक्रम संञ्चालन गरेकी थिन । पुस २०७६