27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 02:33

TRENDING .

परोपकार सहकारी देवचुलीको परोपकारी काम

- Advertisement -

रजहर, बिबेक भण्डारी । नवलपुरको देवचुली नगरपालिकामा रहेको परोपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । बार्षिक उत्सवको पुर्व सन्ध्यामा सहकारीले आफ्ना शेयर सदस्यकहरुका लागि निशुल्क सेनेटरी प्याड बनाउने तालिम प्रदान गरेको छ । आइतवार एक कार्यक्रमकै आयोजना गरि संसथाका अध्यक्ष खेमराज सापकोटाको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

परोपकार संस्था भित्र रहेको दिदि वहिनि समुहमा रहेका करिव ४५ जनाको उक्त तालिममा  सहभागिता रहेको थियो । प्याड बनाउने तालिमको आस्मा अर्याल र आशा विकले सहजिकरण गरेका थिए । संस्थाका अध्यक्ष सापकोटाका अनुसार आफ्नो संस्थाले सामाजिक कार्यमा पनि भुमिका खेलोस  र महिलाहरुले लिएको सिपलाई व्यवहारमा उतारेर आफै स्वरोजगार बन्न सकुन भन्ने उद्देश्यले तालिम प्रदान गरेको  जानकारी दिए ।

संस्थाले यस अघि बृहत रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । संस्थाले पौष २२ गते देवचुली नगरपालिका ७ गोरेघुम्तीमा बृहत ट्राफिक सचेतना मुलक कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ । यहि पौष २६ गते भव्य कार्यक्रमको आयोजना गरि परोपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औँ स्थापना दिवस मनाउदै छ । पुस-१९ २०७६

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

नेपाल वायुसेवा निगमलाई ५ अर्ब नोक्सानी

नेपाली ध्वाजाबाहक नेपाल वायुसेवा निगमले कोरोना भाइरस महाव्याधि (कोभिड–१९) का कारण उडान कटौती र चैत महिनायता भइरहेको लकडाउनले करिब ५ अर्ब रुपैयाँ...

काठमाण्डौमा अलपत्र गांउ फर्किए,गाउं फर्कन लिखित अनुमति

घनश्याम बगाले । नवलपुर । लकडाउनका कारण काठमाण्डौमा अलपत्र नवलपुरको पहाडी क्षेत्रका बासिन्दा बुधबार आफ्नै गाउं फर्किएकाछन् । नेपाली कांग्रेस महामन्त्री एवं...

काग्रेस महामन्त्री कोइरालाले दिए नवलपुरका स्थानीयतहलाइ स्वास्थ्य सामाग्री

कावासोती - नेपाली कागँग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का सांसद डा. शशााक कोइरालाले नवलपुरका स्थानीयतहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्...

धमाधम भारतीय सवारी नेपाल प्रवेश(भिडियो सहित)

परासी– लकडाउनको समयमा अत्यावश्यक सामान बोक्ने सवारी बाहेक अन्य सवारी संचालन हुन नपाउने भनेपनी पश्चिम नवलपरासीमा भने उद्योगको कच्चा पदार्थ लिएर...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्