27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 02:11

TRENDING .

घरेलु तथा साना उद्योग नवलपुरको राजश्वमा बृद्धि

- Advertisement -

कावासोती,-मिनाक्षी कंडेल । पछिल्लो तथ्याङ्क अनुसार घरेलु तथा साना उद्योग कार्यालय नवलपुरको राजश्व बृद्धिमा सुधार आएको छ । दर्ता नभएका उद्योगहरु अहिले दर्ता हुन थालेपछि राजश्व संकलनमा बृद्धि भएको हो । घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख विक्रम सुवेदीका अनुसार गएको आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा राजश्व संकलनमा बृद्धि भएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७५/०७६मा ७७ लाख ५३ हजार तिन सय ७५ राजश्व संकलन गरेकोमा चालु आर्थिक वर्ष २०७६/०७७को साउन देखि मंसिर सम्मको पाचँ महिनाको अवधिमा कुल ८९लाख ४१ हजार ५ सय ८९ राजश्व संकलन भएको छ । प्रमुख सुवेदीका अनु्सार नवलपरासी सुस्ता पुर्व र पश्चीम विभाजन भए पछि नवलपुरमा स्थापना भए पछि कुल १ करोड ६६ लाख ६७ हजार ९ सय ६४ रुपैया राजश्व संकलन भएको जानकारी दिए ।

२०७५/०७६ मा १सय ६६ उद्योग दर्ता,उद्योग नविकरण १ सय ५८, बाणिज्य दर्ता, १ सय ३७ र वाणिज्य नविकरण ३ सय ३० उद्योग दर्ता भएका थिए । त्यस्तै २०७६/०७७ को ५ महिना समयाअवधिमा उद्योग दर्ता ३ सय १६ ,उद्योग नविकरण २सय ६ ,बाणिज्य दर्ता ३ सय ३९,बाणिज्य नविकरण ३ सय ५५ उद्योग दर्ता भएका छन । नवलपरासी सुस्ता पुर्व र पश्चीम विभाजन भए पछि हाल सम्म उद्योग दर्ता ४ सय ८२ , ३सय ६४ उद्योग नविकरण, ४ सय ७६ बाणिज्य दर्ता ,र ६ सय ८५ बाणिज्य नविकरण भएका छन भने हाल सम्म कार्यालयमा १७ सय ८४ दर्तामा रहेका छन । यस्तै २०७५/०७६मा ५सय ११ रोजगारी संस्थाहरु दर्ता मध्ये २सय २८ महिला ,२सय ८३ पुरुष गरी जम्मा ७सय सय ३ उद्यमी संख्या रहेको थियो । भने हाल ५ सय ९६ रोजगारी संस्था,र १७ सय ८४ उद्यमी संख्या रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।-पुस २० २०७६

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

नेपाल वायुसेवा निगमलाई ५ अर्ब नोक्सानी

नेपाली ध्वाजाबाहक नेपाल वायुसेवा निगमले कोरोना भाइरस महाव्याधि (कोभिड–१९) का कारण उडान कटौती र चैत महिनायता भइरहेको लकडाउनले करिब ५ अर्ब रुपैयाँ...

काठमाण्डौमा अलपत्र गांउ फर्किए,गाउं फर्कन लिखित अनुमति

घनश्याम बगाले । नवलपुर । लकडाउनका कारण काठमाण्डौमा अलपत्र नवलपुरको पहाडी क्षेत्रका बासिन्दा बुधबार आफ्नै गाउं फर्किएकाछन् । नेपाली कांग्रेस महामन्त्री एवं...

काग्रेस महामन्त्री कोइरालाले दिए नवलपुरका स्थानीयतहलाइ स्वास्थ्य सामाग्री

कावासोती - नेपाली कागँग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का सांसद डा. शशााक कोइरालाले नवलपुरका स्थानीयतहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्...

धमाधम भारतीय सवारी नेपाल प्रवेश(भिडियो सहित)

परासी– लकडाउनको समयमा अत्यावश्यक सामान बोक्ने सवारी बाहेक अन्य सवारी संचालन हुन नपाउने भनेपनी पश्चिम नवलपरासीमा भने उद्योगको कच्चा पदार्थ लिएर...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्