27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 04:28

TRENDING .

नवलपरासीको दाउन्नेमा सुरुङ मार्ग, आधा दर्जन स्थान प्राथमिकतामा

- Advertisement -

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने दाउन्ने सहित देशका बिभिन्न आधा दर्जन स्थानमा सुरुङ मार्ग निर्माणकोलागि तीब्र गतिमा अध्ययन भईरहेको छ । सरकारको प्राथमिकतामा परेका बिभिन्न स्थान मध्ये नवलपरासीको दुम्किबासदेखि बर्दघाटसम्मको सुरुङ मार्ग निर्माणको पनि अध्ययन चलिरहेको छ ।

नवलपरासीमा बन्ने यो सुरुङ मार्गको लम्बाई ४.९ किलोमिटरदेखि ६.१० किलोमिटर लामो हुनेछ । जुन सुरुङ मार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ । दाउन्नेमा पर्ने यो सुरुङ मार्ग निर्माणलाई बिशेष महत्वको रुपमा हेरिएको बताइएको छ ।

सरकारले देशका अन्य भूभागमा पनि प्राथमिकताका साथ सुरुङमार्ग निर्माणको कामलाई तीब्रता दिएको छ । नेपालमै पहिलो सुरुङ मार्गको रुपमा हाल काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको निर्माण कार्य भईरहेको अवस्थामा अन्य स्थानमा पनि सुरुङ निर्माणको कार्यले क्रमश निरन्तरता पाउने बताइएको छ ।

सरकारले सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा पनि सुरुङ निर्माणको  ‘सम्भाव्यता अध्ययन’ सकेको छ भने दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भईसकेको अवस्था छ । त्यस्तै मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ ।

यता चीनका राष्ट्रपतिको भ्रमणमा टोखा-छहरे सुरुङ मार्ग निर्माणमा प्रतिबद्धता भई अध्ययनको लागि चीनको टोलीले केहि दिन अघि मात्र टोखामा अध्ययन गरेको थियो । पुस २०, २०७६

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्