27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 11:12

TRENDING .

बुलिङ्गटारबाट ३१ जनाले मात्रै वुझाए सम्पती विवरण

- Advertisement -

कावासोती
हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र नीजामति र स्थायी शिक्षकले वाहेक सम्पत्ती विवरण राष्ट्रिय सतर्कता केन्द्रमा वुझाउनुपर्ने नियम छ । तर बुलिङ्गटार गाउँपालिकाबाट ३१ जना जनप्रतिनिधिले मात्रै सम्पती विवरण पेश गरेको राष्ट्रिय सतर्कता केन्द्रले जानकारी दिएको छ । कुन जनप्रतिनिधिको कति सम्पत्ती छ भन्ने गोप्य हक भएकाले सार्वजनिक गर्न नमिल्ने बताएपनि सो ३१ सहि नवलपुर जिल्लाभरबाट ३५८ जनाले मात्रै राष्ट्रिय सतर्कता केन्द्रमा सम्पत्ती विवरण वुझाएका हुन् । सवैले अनलाइनबाट सम्पती विवरण वुझाउनुपर्ने नियमानुसार जम्मा ३५८ जनाले मात्रै हालसम्म विवरण पेश गरेका हुन् ।
गैडाकोट नगरपालिकामा भने गत आर्थिक वर्षको सम्पती विवरण सवैले पेश गरेको सूचना अधिकारी लिलाधर शर्माले जानकारी दिनुभयो । जनप्रतिनिधिहरु, नगरपालिकाबाट तलव लिने निजामति सेवा र स्थायी शिक्षक वाहेकका कर्मचारीले वुझाउनुपर्ने सम्पत्ती विवरण अनुसार उक्त सख्याका व्यक्तिहरुले अनलाइनबाट आफ्नो विवरण पेश गरेका हुन् । नगरपालिकामा १३८ जनाले पेश गर्नुपर्नेमा अनलाईनमा भने १३६ जनाले आफ्नो सम्पती विवरण पेश गरेका छन् भने विनय त्रिवेणी गाउँपालिकाबाट ३७,देवुचली नगरपालिकाबाट ८९ र मध्यविन्दु नगरपालिकाबाट ६५ जना जनप्रतिनिधिहरुलले अनलाईन मार्फत राष्ट्रिय सतर्कता केन्द्रमा सम्पती विवरण वुझाएका हुन् ।
अन्य स्थानीय तहले भने विवरण वुझाएको तर तथ्याङ्क प्रविष्टको काम भएकाले विवरण दिन नसकिएको सम्पती विवरण शाखाका कर्मचारी राजेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो। भ्रष्टचार न्यूनिकरणका लागि अपनाईएको यो विधि अनुसार सम्पत्ती विवरण पेश गरेपछि केन्द्रबाट निरीक्षणको लागि फिल्डमै आउने र स्रोत नखुलेको सम्पती फेला परे कारवाही गर्न अख्तियारलाई सिफारिस गर्ने उहाँको भनाई छ ।
चुनाव सकिएको साँढे २ वर्ष,नवलपुरबाट ८७५ जनाले खर्च विवरण बुझाएनन्
शसिकिरणको खर्च ३ लाख ७ हजार,
मैना कामीको २ लाख ८१ हजार ५०० प्रकाशित मिति २०७६ पुस १७

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

सुस्तामा र प्रतापपुरमा गरियो स्वाब(पिसिआर) परिक्षण

श्याम थापा । त्रिबेणाी , पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब(पिसिआर) परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य...

शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते, एकको हात र एकको पाखुरा भाँचियो

परासी ।पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते भएका छन् । जिल्लाको सिमावर्ति पाल्हीनन्दन गाउँपालिका वडा ५ को भगतपुरवाँ गाउँ नजिक...

विपत्तिमा परेकाहरुको उद्दारमा लाग्न काँग्रेस नवलपुरको आग्रह

कावासोतीनेपाली काँग्रेस नवलपुरले आफ्ना कार्यकर्ताहरुलाई आपत्तिमा परेका नागरिकहरुलाई सहयोग गर्न र राहत वितरण गर्न सक्रियरुपमा लाग्न आग्रह गरेको छ ।यस बिषम परिस्थितिमा...

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण, संक्रमितकाे संख्या ३० पुग्याे, संक्रमित १२ जनालाइ लगियाे विराटनगर काेराेना अस्पताल

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा एकैदिन देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्